पहिरोले पुरिँदा बालकको मृत्यु सोमबार, असार १७, २०८१

टी२० विश्वकप जितेको भारतीय क्रिकेट टोलीलाई बीसीसीआईले १२५ करोड भारु पुरस्कार दिने सोमबार, असार १७, २०८१ भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टी२० विश्वकप जित्ने क्रिकेट टोलीलाई १२५ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

अन्तर्राष्ट्रिय टी२० क्रिकेटबाट रविन्द्र जडेजाले पनि लिए सन्यास सोमबार, असार १७, २०८१ भारतीय अलराउण्डर रविन्द्र जडेजाले पनि अन्तर्राष्ट्रिय टी२० क्रिकेटबाट सन्यास लिएका छन्। भारतीय क्रिकेट टिमका अलराउन्डर जडेजाले विश्वकप जितेपछि आइतबार अन्तर्राष्ट्रिय टी२० क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।

नाउपाले रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटायो सोमबार, असार १७, २०८१ रञ्जिता श्रेष्ठलाई नागरिक नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संसदीय दलको नेताबाट हटाइएको छ।

सर्लाहीमा खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु सोमबार, असार १७, २०८१ हरिवन नगरपालिका–१ पटौनामा शनिबार दिउँसो धान रोपाइँका लागि खेत जोत्दै गरेको ज १ त ५७५७ नम्बरको ट्याक्टर पल्टिएर च्यापिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

युरोको मूल्य बढ्यो, पाउन्डको घट्यो, अरु विदेशी मुद्राको के भयो? सोमबार, असार १७, २०८१ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहितका धेरैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छ।

एसईई मौका परीक्षा तालिका आज सार्वजनिक हुने सोमबार, असार १७, २०८१ यसअघि बोर्डले दुई विषयमा नन ग्रेडेड (एनजी)आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो। तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेसँगै बोर्डले अर्को मिति तय गरेको हो।

प्रतिनिधिसभामा आज यी मन्त्रीले दिनेछन् सांसदका प्रश्नको जवाफ सोमबार, असार १७, २०८१ प्रतिनिधिसभाको बैठकमा सोमबार प्रश्नोत्तरको कार्यसूची छ। बिहान ११ बजे बस्ने बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी सांसदहरूको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन्। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘लोक सेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धन दलहरूको बैठक, एजेण्डा मन्त्रिपरिषद् हेरफेर सोमबार, असार १७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार साँझ सत्ता गठबन्धनका दलहरूको बैठक बोलाएका छन्। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्। यही विषयमा छलफल गर्न सत्ता गठबन्धन दलहरूको बैठक बोलाइएको हो।प्रतिनिधि सभामा ६ सांसद रहेको जनमत पार्टी (जपा) र ४ सांसद भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा ल्याउने प्रधानमन्त्री...

जर्जियाविरुद्ध स्पेनको पुनरागमन जित सोमबार, असार १७, २०८१ स्पेनले युरोकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४–१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो। स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १–१ गोल गरे।

स्लोभाकियाविरुद्ध सङ्घर्षपूर्ण जित निकाल्दै इङ्ल्यान्ड युरोकपको क्वार्टरफाइनलमा सोमबार, असार १७, २०८१ अतिरिक्त समयमा कप्तान ह्यारी केनले निर्णायक गोल गरेपछि इङ्ल्यान्ड युरोकप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति अन्तिम १६ को खेलमा स्लोभाकियाविरुद्ध २–१ को सङ्घर्षपूर्ण जित हासिल गर्दै इङ्ल्यान्ड अन्तिम ८ मा पुगेको हो।

कांग्रेस पदाधिकारी बैठक आज सोमबार, असार १७, २०८१ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न सभापति देउवाले सोमबार अपरान्ह पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठक बोलाएका हुन्।

आगामी बिहीबारसम्म वर्षाको सम्भावना, आज यी क्षेत्रमा भारी वर्षा हुने सोमबार, असार १७, २०८१ विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण मनसुन सक्रिय हुन थालेको मौसम विज्ञान विभागको भनाइ छ। यसअघि विभागले असार १२ गतेदेखि १७ गतेसम्म सतर्कताको सूचना जारी गरेको थियो। सो न्यूनचापीय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग आसपास रहने र मनसुन थप सक्रिय हुने सम्भावना रहेको भन्दै विभागले फेरि सोमबारदेखि...









