News Griha :: न्यूजगृह
अन्तर्राष्ट्रिय टी२० क्रिकेटबाट रविन्द्र जडेजाले पनि लिए सन्यास  

काठमाडौं— भारतीय अलराउण्डर रविन्द्र जडेजाले पनि अन्तर्राष्ट्रिय टी२० क्रिकेटबाट सन्यास लिएका छन्। भारतीय क्रिकेट टिमका अलराउन्डर जडेजाले विश्वकप जितेपछि आइतबार अन्तर्राष्ट्रिय टी२० क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत जारी दिँदै भारी मनका साथ अन्तर्राष्ट्रिय टी२० क्रिकेटलाई अलबिदा गरेको बताएका छन्।

उनले भनेका छन्, 'गर्वको साथ दौडिरहेको घोडा जस्तै, मैले मेरो देशको लागि सधैँ आफ्नो उत्कृष्ट प्रदर्शन गरेको छु र क्रिकेटका अन्य ढाँचाहरूमा त्यो काम जारी राख्नेछु। टी२० विश्वकप जित्नु एउटा सपना साकार भएको छ। म मेरो टी२० अन्तर्राष्ट्रिय करियरको शिखरमा छु। तपाईंको सम्झना, प्रोत्साहन र अटल समर्थनको लागि सबैलाई धन्यवाद।'

बार्बाडोसमा भएको टी२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर दोस्रो पटक टी२० विश्वकप जितेको छ। 

विश्वकप जितेपछि भारतीय कप्तान रोहित शर्मा र विराट कोहलीले पनि अन्तर्राष्ट्रिय टी२० क्रिकेटबाट सन्यास लिएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०८:४२
Weather Update