इन्धनको मूल्य बढ्यो आइतबार, असार १६, २०८१

असई थमन बिक हत्या प्रकरणमा पूर्व सांसद पक्राउ आइतबार, असार १६, २०८१ मधेस आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन बिकको हत्या प्रकरणमा पूर्व प्रदेश सांसद कौशल कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका यादवलाई प्रहरीले आइतबार जिल्ला अदालत महोत्तरीमा पेस गरेको छ।

एसईईको मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने आइतबार, असार १६, २०८१ माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) अर्थात् मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को आज बसेको बैठकले साउन २३ देखि ३१ गतेसम्म मौका परीक्षा गर्ने निर्णय गरेको हो। त्यस्तै त्यसको तालिका भने भोलि सार्वजनिक गर्ने बोर्डले जनाएको...

विप्लव भन्छन्– विश्वका ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको छ आइतबार, असार १६, २०८१ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल स्रोत साधन र सुन्दरताले भरिपूर्ण रहेकाले विश्वका सम्पूर्ण ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको टिप्पणी गरेका छन्।

वैध कागजातको अभावमा मलेसियामा धेरै नेपाली बन्दी आइतबार, असार १६, २०८१ वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली आप्रवासी श्रमिक पक्राउ परेका अध्ययन प्रतिवेदनले देखाएको छ।

भुटानी शरणार्थी प्रकरणः बादलका छोरा प्रतीकलाई भोलि मात्रै अदालतमा पेस गरिने आइतबार, असार १६, २०८१ नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई सोमबार (भोलि) मात्रै अदालतमा पेस गरिने भएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने प्रकरणमा जोडिएमा थापालाई शुक्रबार प्रहरीले बौद्धबाट पक्राउ गरेको थियो।
-1719753651.jpg)
सहकारी क्षेत्रमा असुरक्षा बढेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण आइतबार, असार १६, २०८१ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा सरकारको गम्भीर चासो रहेको बताएका छन्। उनले अवाञ्छित गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी कारबाही हुने बताए।

प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित आइतबार, असार १६, २०८१ प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ।

तराईमा सुख्खा मौसमले दूध उत्पादनमा कमी आइतबार, असार १६, २०८१ सुख्खा मौसमले तराईमा दूध उत्पादन घट्दा हेटौँडा दुग्ध वितरण आयोजनाको दूध सङ्कलन प्रभावित भएको छ। सो आयोजनाले केही महिना अघिसम्म तराई क्षेत्रबाट दैनिक २२ देखि २३ हजार लिटरसम्म दूध सङ्कलन गर्दै आएको थियो।

प्रधानमन्त्रीलाई ओलीको सुझाव : सानातिना नियुक्ति र सरुवा-बढुवातिर नलाग्नुहोस् आइतबार, असार १६, २०८१ सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना नियुक्ति, सरुवा, बढुवातिर अल्झिएर बस्ने समय नरहेको बताए। आइतबार काठमाडौंमा पार्टीको कृषि तथा सहकारी विभागले आयोजना गरेको ‘समृद्धिको आधार : सम्मानित किसान र कृषिमा रुपान्तरण नीति’ सम्वाद कार्यक्रममा उनले प्रधानमन्त्रीलाई सानातिना नियुक्ति, सरुवा, बढुवातिर नअल्झिन सुझाव दिएका हुन्। नीतिगत सुधारका लागि ठोस...

महानगरले लोकल मदिरालगायतका पेय पदार्थको ब्राण्डिङ गर्ने आइतबार, असार १६, २०८१ काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ। नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेको छ।

ओलीको फोन १० पटक नउठेपछि माधव नेपालले पठाए म्यासेज आइतबार, असार १६, २०८१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीन वर्षको घाउ अझै आलो भएकै कारण एमालेका अध्यक्ष केपी ओली महाधिवेशनमा नआएको टिप्पणी गरेका छन्।

भन्सार दरमा धेरै हेरफेर गरिएको छैनः अर्थमन्त्री पुन आइतबार, असार १६, २०८१ अर्थमन्त्री वर्षमान पुनले नीतिगत निरन्तरताका लागि भन्सार महसुल दरमा सामान्य हेरफेर गरिएको जानकारी गराएका छन्।









