News Griha :: न्यूजगृह
इन्धनको मूल्य बढ्यो 

काठमाडौं— नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो।

नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने छ। 

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २१:०२
Weather Update