News Griha :: न्यूजगृह
भुटानी शरणार्थी प्रकरणः बादलका छोरा प्रतीकलाई भोलि मात्रै अदालतमा पेस गरिने 

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई सोमबार (भोलि) मात्रै अदालतमा पेस गरिने भएको छ। 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्‍याउने प्रकरणमा जोडिएमा थापालाई शुक्रबार प्रहरीले बौद्धबाट पक्राउ गरेको थियो। 

हिजो शनिबार परेकाले आज काठमाडौं जिल्ला अदालतमा पेस गर्ने तयारी गरिएको थियो। तर आज पालो नआएपछि भोलि मात्रै पेस गरिने भएको हो। 

थापाविरुद्ध २०८० साल जेठ १० नै मुद्दा दायर गरेको थियो। तर उनी फरार रहेका थिए। भुटानी शरणार्थी प्रकरणमा ३० प्रतिवादी बनाइएकोमा थापासहित केही व्यक्ति फरार थिए। 

फरार रहेका बेचन झा लाई शुक्रबार पक्राउ गरि आज अदालतमा पेस गरिएको थियो। झालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। 

उक्त मुद्दामा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना पुर्पक्षका लागि थुनामा छन्। भने नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र आङटावा शेर्पासहितका आरोपीहरु भने धरौटीमा रिहा भएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १९:२०
Weather Update