News Griha :: न्यूजगृह
पहिरोले पुरिँदा बालकको मृत्यु

सुर्खेत— जाजरकोटको भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय बालकको मृत्यु भएको छ। 

पहिरोमा पुरिएर बालक प्रिन्स बिकको मृत्यु भएको हो। भने उनका बुबा रमेश घाइते छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बिकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए। 

प्रिन्सको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०९:०७
Weather Update