News Griha :: न्यूजगृह
सुदूरपश्चिममा मन्त्रालय फुटाइएकोप्रति कांग्रेसको आपत्ति
सुदूरपश्चिममा मन्त्रालय फुटाइएकोप्रति कांग्रेसको आपत्ति सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर प्रदेशमाथिको थप आर्थिक व्ययभार बढाउने काम गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ। आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले राजनीतिक भागबण्डा मिलाउन ४ मन्त्रालय विभाजन गरेर बिना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिएका थिए। 
जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण
जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ। जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) का अनुसार ‘एच–थ्री नम्बर थ्री’  रकेट दक्षिणपश्चिमी जापानी टापुमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट उडेको थियो र करिब १६ मिनेटपछि यसको ‘पे लोड’ लाई लक्षित कक्षमा राखिएको थियो।
स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति थप्ने तयारीमा स्वास्थ्यमन्त्री यादव 
स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति थप्ने तयारीमा स्वास्थ्यमन्त्री यादव  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य सेवा क्षेत्रमा करिब ९२ हजार जनशक्ति थप्ने तयारीमा रहेको बताएका छन्। सोमबार मन्त्रालयमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘करिब ९२ हजार जनशक्ति थप्नेगरी अर्थ मन्त्रालययमा पठाएका छौँ। प्रधानमन्त्रीसँग पनि छुट्टै छलफल भएको छ। उहाँले केही कम गरेर कार्यान्वयन गर्न लगाउछु भन्नु भएको छ।...
‘स्मार्ट लाइसेन्सको सट्टा भौचरले काम चलाउनुपर्ने अवस्था छ’
‘स्मार्ट लाइसेन्सको सट्टा भौचरले काम चलाउनुपर्ने अवस्था छ’ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले स्मार्ट लाइसेन्स वितरणमा  भएको समस्यालाई चाँडो समाधान गर्न माग गरेका छन्। 
ठूला भ्रष्टाचारको फाइल खोल्न शक्तिशाली आयोग गठनको तयारीमा सरकार 
ठूला भ्रष्टाचारको फाइल खोल्न शक्तिशाली आयोग गठनको तयारीमा सरकार  उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि छामिछानेले सरकारले भष्ट्राचारका विभिन्न ठूला काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी गरिरहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले भष्ट्राचारका विभिन्न २५ वटा काण्ड पहिचान गरी छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी भइरहेको जानकारी दिए।
एकीकृत समाजवादी महाधिवेशनः सचिव राईको ३२ बुँदे सुझाव, जबज मुख्य केन्द्रमा [पूर्णपाठ]
एकीकृत समाजवादी महाधिवेशनः सचिव राईको ३२ बुँदे सुझाव, जबज मुख्य केन्द्रमा [पूर्णपाठ] नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्रकुमार राईले पार्टीको महाधिवेशनलाई केन्द्रीत गरेर ३२ बुँदे सुझाव दिएका छन्। आइतबारबाट सुरु भएको एकीकृत समाजवादीको जारी महाधिवेशनको आज बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा विभिन्न प्रतिवेदन पेस हुँदैछ। त्यसअघि राईले प्रतिवेदनमाथि थप सुझाव दिएका हुन्।  
वन्यजन्तुका कारण विद्यार्थी जोखिममा
वन्यजन्तुका कारण विद्यार्थी जोखिममा वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन्। साँझ र बिहानको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालय आवतजावत गर्दा वन्यजन्तुको आक्रमणको जोखिम बढेको हो। 
नक्कली कम्पनी खडा गरेर ३२ सय किलो सुन तस्करी, २० जना पक्राउ 
नक्कली कम्पनी खडा गरेर ३२ सय किलो सुन तस्करी, २० जना पक्राउ  नेपालमा नक्कली कम्पनी (डमी कम्पनी) खडा गरेर विभिन्न मुलुकबाट सुन तस्करी हुने गरेको पाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज पत्रकार सम्मेलन गरी विभिन्न समयमा भएका तस्करीको तथ्यांक सार्वजनिक गर्दै सो कुरा जनाएको हो।  
ओली–देउवा भेटले झस्किएको माओवादीले भन्यो– भेट हुँदैमा सत्तामा उलटफेर आइहाल्दैन
ओली–देउवा भेटले झस्किएको माओवादीले भन्यो– भेट हुँदैमा सत्तामा उलटफेर आइहाल्दैन शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटपछि नेपालको राजनीति तरंगित बनिरहेको छ।बजेट र सरकारको कामकारबाहीबारे एमाले नेताहरुले रुस्टता पोखिरहेका बेला सत्ता र प्रतिपक्षी दलका नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।  
वायुसेवा निगमको गरिमा रक्षा गर्न पर्यटनमन्त्रीको आग्रह
वायुसेवा निगमको गरिमा रक्षा गर्न पर्यटनमन्त्रीको आग्रह संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको गरिमा सबैले रक्षा गर्नुपर्ने बताएका छन्।निगमको ६६औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले विभिन्न आरोह अवरोहकाबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानमा अलग्गै पहिचान बनाउन सफल निगमको गरिमामाथि आँच पुर्‍याउन नहुनेमा जोड दिए।
ज्ञानेन्द्र शाहीको व्यंग्यात्मक कविताः एउटा कुटे जस्तो गर्छ अर्को रोए जस्तो...
ज्ञानेन्द्र शाहीको व्यंग्यात्मक कविताः एउटा कुटे जस्तो गर्छ अर्को रोए जस्तो... राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले नयाँ र पूराना दलहरु अवसरकार लागि मरिहत्य गर्ने गरेको भन्दै कटाक्ष गरेका छन्।सोमबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै शाहीले ‘एउटा कुटे जस्तो गर्छौ, अर्को रोए जस्तो गर्छौँ’ भन्दै व्यंग्यात्मक कविता समेत सुनाए।  
सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री
सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बनेका छन्। प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो।
Weather Update