News Griha :: न्यूजगृह
एकीकृत समाजवादी महाधिवेशनः सचिव राईको ३२ बुँदे सुझाव, जबज मुख्य केन्द्रमा [पूर्णपाठ]

काठमाडौं— नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्रकुमार राईले पार्टीको महाधिवेशनलाई केन्द्रीत गरेर ३२ बुँदे सुझाव दिएका छन्। 

आइतबारबाट सुरु भएको एकीकृत समाजवादीको जारी महाधिवेशनको आज बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा विभिन्न प्रतिवेदन पेस हुँदैछ। त्यसअघि राईले प्रतिवेदनमाथि थप सुझाव दिएका हुन्।  

उनले अब पार्टीको क्रान्तिको कार्यक्रम समाजवादी हुने बताए। त्यस्तै जनताको बहुदलीय जनवाद (जबज) का अधुरा कार्यक्रमहरु समाजवादी क्रान्तिमा जोडिएर जाने उल्लेख गरेका छन्। साथै अझै पनि कतिपयले क्रान्तिको कार्यक्रमका लागि जबजको च्याप्टर क्लोज भनिरहे पनि जबजले अघि सारेका कतिपय विशेषता र मान्यताहरुको च्याप्टर क्लोज हुन नसक्ने बताए।

‘अब हाम्रो क्रान्तिको कार्यक्रम समाजवादी हुनेछ, जबजका अधुरा प्रासङ्गिक कार्यक्रमहरू समाजवादी क्रान्तिका अंगका रूपमा जोडिएर जानेछ। यति कुरामा कसैले हाम्रा पार्टी भित्र विमति राखेको छैन। तर, पनि कतिपयले जबज छाड्न नचाहेको भन्नेजस्ता दुष्प्रचार पनि हुने गरेको छ बेलाबखत। क्रान्तिको कार्यक्रमको रूपमा जबजको च्याप्टर क्लोज भन्न सकिए पनि जबजले अघि सारेका वा आत्मसाथ गरेका कतिपय यस्ता विशेषता–मान्यताहरू छन् जसको औचित्यता अझै छ, त्यसैले जबजको पूरै च्याप्टर क्लोज भएको मान्न सकिन्नँ,’ उनले भने।  

उनले जननेता मदन भण्डारीले प्रतिपादन गरेको र नेकपा एमालेले बोकेको मुख्य शिद्धान्त जबजका विषयमा पार्टी क्लियर भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। 

जनताको बहुदलीय क्रान्ति नभईकन नेपाली समाज सामन्तवादबाट पूँजीवादी चरणमा प्रवेश गरेको कारणले जबजका कतिपय कार्यक्रमहरू पूरा हुन नसकेको बताए। 

‘नेपाली समाज सामन्तवादबाट अगाडि बढेर पूँजीवादमा प्रवेश गरेको कारणले क्रान्तिको कार्यक्रमको रूपमा चाहिँ जबजको च्याप्टर क्लोज भयो आम रूपमा। तर, जनताको बहुदलीय क्रान्ति नभईकन नेपाली समाज सामन्तवादबाट पूँजीवादी चरणमा प्रवेश गरेको कारणले जबजका कतिपय कार्यक्रमहरू पूरा हुन सकेनन्, तर पनि अब हामी पूँजीवादी क्रान्तिको चरणमा छैनौ, समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको छौ‌,’ उनले भनेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १४:५५
Weather Update