News Griha :: न्यूजगृह
नक्कली कम्पनी खडा गरेर ३२ सय किलो सुन तस्करी, २० जना पक्राउ 
फाइल तस्बिर

काठमाडौं— नेपालमा नक्कली कम्पनी (डमी कम्पनी) खडा गरेर विभिन्न मुलुकबाट सुन तस्करी हुने गरेको पाइएको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज पत्रकार सम्मेलन गरी विभिन्न समयमा भएका तस्करीको तथ्यांक सार्वजनिक गर्दै सो कुरा जनाएको हो।  

पत्रकार सम्मेलनका क्रममा सीआईबीले विभिन्न ५ नक्कली कम्पनी खडा गरेर करिब ३ हजार २ सय केजी सुन तस्करी भएको दाबी गरेको हो। 

सीआर्ईबीले सार्वजनिक गरेको तथ्यांक अनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १ हजार ३ सय ३ दशमलव ९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६ सय ३२ दशमलव ७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ७ सय १६ दशमलव ८३ केजीबाट सुन तस्करी गरेर नेपाल ल्याइएको हो।

त्यसैगरी दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १ सय ७२ दशमलव ८ केजी र रेडी ट्रेड प्रालीमार्फत ७ दशमलव ५ केजी सुन तस्करी भएको तथ्यांक सीआईबीले सार्वजनिक गरेको हो। 

साथै यसअघि नै ‘ब्रेक शु’ मार्फत ३ सय ६२ दशमलव ७७८ केजी सुन तस्करी भएको थियो। त्यस्तै विभिन्न इलेक्ट्रिक मालवस्तुमा लुकाइ २८ सय ३१ दशमलव ८९ केजी सुन तस्करी भएको सीआईबीले जनाएको छ। 

सीआईबीका अनुसार ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गर्ने तयारी भइरहेको छ भने हाल २० जना पक्राउ साथै २५ जना फरार रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १३:५९
Weather Update