News Griha :: न्यूजगृह
मध्यरातमा ओली र देउवाबीच सहमति : राष्ट्रिय सहमतिको सरकार, आलोपालो प्रधानमन्त्री
मध्यरातमा ओली र देउवाबीच सहमति : राष्ट्रिय सहमतिको सरकार, आलोपालो प्रधानमन्त्री दुई ठूला दल एमाले र कांग्रेसले ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने सहमति गरेका छन्।
रोल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
रोल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु माडी गाउँपालिका-२ घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२  जीप सोमबार बेलुकी करिब ४ बजे सडकबाट ४०० मिटर तल खसेर दुर्घटना भएको हो।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
धितोपत्र बोर्ड अध्यक्ष सिफारिसका लागि पुनः समिति गठन, सदस्य पुरानै 
धितोपत्र बोर्ड अध्यक्ष सिफारिसका लागि पुनः समिति गठन, सदस्य पुरानै  सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सिफारिसका लागि पुनः सिफारिस समिति गठन गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा नै समिति गठन गरेको हो।
एक लाख घुससहित इन्जिनियर पक्राउ 
एक लाख घुससहित इन्जिनियर पक्राउ  घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानले ताप्लेजुङबाट एक जना   इन्जिनियरलाई पक्राउ गरेको छ। अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत सिभिल इन्जिनियर मो अख्तर हुसेनलाई नियन्त्रणमा लिएको हो।
लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित प्रतिनिधिसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गरेको उक्त विधेयक बहुमतले पारित गरिएको हो।सरकारले गत वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गरेको थियो। 
लयमा फर्कँदै ठमेल र दरबारमार्गका व्यवसाय
लयमा फर्कँदै ठमेल र दरबारमार्गका व्यवसाय ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला गरिएसँगै त्यस क्षेत्रको अर्थतन्त्र चलायमान भएको छ। ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग पर्यटन बोर्डको संयुक्त आयोजनामा नयाँ वर्ष २०८१ का दिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेद्वारा ठमेल र दरबारमार्ग २४सै घण्टा खुला रहने घोषणा गरिएको थियो।
मन्त्रिपरिषद् बैठकमा प्रचण्डको ‘ब्रिफिङ’- बाहिरको हल्ला नपत्याउनुस्, गठबन्धन टिक्छ 
मन्त्रिपरिषद् बैठकमा प्रचण्डको ‘ब्रिफिङ’- बाहिरको हल्ला नपत्याउनुस्, गठबन्धन टिक्छ  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चा असत्य रहेको ‘ब्रिफिङ’ गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँगको पटकपटक भेटपछि आफू आस्वस्त रहेका जानकारी गराएका हुन्। 
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी नियुक्त 
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी नियुक्त  पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त भएका छन्। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले जोशीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो।
धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द गरिएकोविरुद्ध सर्वोच्चमा रिट 
धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द गरिएकोविरुद्ध सर्वोच्चमा रिट  नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द गरिएको विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सोमबार धितोपत्र बोर्डको अध्यक्षका लागि प्रत्यासी रहेका सन्तोषनारायण श्रेष्ठले रिट दायर गरेका हुन्। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि समिति गठन गरिएको थियो। उक्त समितिले गत शुक्रबार अध्यक्ष चयनको प्रक्रिया...
तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा बागलुङ नगरपालिका
तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा बागलुङ नगरपालिका बागलुङ नगरपालिकाले पर्यटक भित्र्याउनका लागि संस्कृतिको प्रवद्र्धन र संरक्षणमा जोड दिन थालेको छ। बागलुङमा हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ।  
रामबहादुर बम्जनकाे सजाय निर्धारणः १० वर्ष कैद, ५ लाख क्षतिपुर्ति 
रामबहादुर बम्जनकाे सजाय निर्धारणः १० वर्ष कैद, ५ लाख क्षतिपुर्ति  आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई बालयौन दुराचारमा १० वर्षको कैद सजाय सुनाइएको छ। सोमबार जिल्ला अदालत सर्लाहीले बालयौन दुराचारमा दोषी ठहर भएका बम्जनलाई १० वर्ष कैदसहित ५ लाख क्षतिपुर्तिको फैसला सुनाएको हो। 
Weather Update