नयाँ समीकरणबारे बालुवाटारमा माओवादीको निष्कर्ष– देश पश्चगमनको बाटोमा गयो मंगलबार, असार १८, २०८१

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार, असार १८, २०८१ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेसले बुधबार (भोलि) असार १९ गतेका लागि बैठक आह्वान गरेको हो। सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सुनचाँदीको मूल्य बढ्यो मंगलबार, असार १८, २०८१ आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ। मङ्गलबार सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ।

को बन्ला भारतीय टी२० क्रिकेट टिमको कप्तान ? मंगलबार, असार १८, २०८१ भारतले दोस्रो पटक टी२० विश्वकपको उपाधि जितेपछि कप्तान रोहित शर्मासहित विराट कोहली र रविन्द्र जडेजाले टी२० क्रिकेटबाट सन्यास लिएपछि अब भारतको टी२० टिमको कप्तान को बन्छ भन्ने बहस सुरु भएको छ। भारतका तीन सिनियर खेलाडीसहित प्रमुख प्रशिक्षक राहुल द्रविडको समेत कार्यकाल समाप्त भएको छ।
-1718871003.jpg)
प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने, विश्वासको मत सामना गर्ने मंगलबार, असार १८, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने भएका छन्।

रास्वपा नयाँ गठबन्धनमा सहभागी नहुने मंगलबार, असार १८, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ।मङ्गलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।उनले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताए।

बाँकेमा करेन्ट लागेर महिलाको मृत्यु मंगलबार, असार १८, २०८१ बाँकेको कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। सोमबार बेलुका साढे ६ बजेतिर कोहलपुर नगरपालिका–१३ भरैयाकी ४५ वर्षीया प्रेमा थारूको मृत्यु भएको हो।

मार्गप्रशस्त गर्न प्रचण्डलाई ओलीको आग्रह मंगलबार, असार १८, २०८१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

प्रचण्डलाई लक्षित गर्दै बाबुरामले भने- 'सधैँभरि ठग्न सकिन्न' मंगलबार, असार १८, २०८१ आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रचण्डका लागि छोडेका डा. भट्टराईको पछिल्लो समय सम्बन्ध बिग्रिएको छ। उनले पछिल्ला दिनहरूमा प्रचण्डको आलोचना गर्दै आएका छन्। खासगरी नेसपालाई विभाजित गरेर माओवादीमा विलय गराएपछि बाबुराम प्रचण्डसँग आक्रोशित छन्।

मार्तडी–कोल्टी सडक अवरुद्ध मंगलबार, असार १८, २०८१ मार्तडी–कोल्टी सडक अन्तर्गत बडिमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रविन्द्रसिंह कार्कीले जानकारी दिए।

अस्थिरता अन्त्य गर्न एमालेसँग सत्ता साझेदारीः कांग्रेस मंगलबार, असार १८, २०८१ नेपाली कांग्रेसले लामो समयदेखिको अस्थिरता चिर्न नेकपा एमालेसँग सत्ता साझेदारी गर्न लागेको प्रतिक्रिया दिएको छ।मङ्गलबार बिहान बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रतिक्रिया दिँदै प्रवक्ता प्रकाशशरण महतले राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधारका लागि एमालेसँग गठबन्धन बनाउन लागेको दाबी गरे।

राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक मंगलबार, असार १८, २०८१ कांग्रेस–एमालेबीच नयाँ गठबन्धन बनाएपछि परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।

शंकर पोखरेलले खुलाए कांग्रेस–एमाले मिल्नुको कारण मंगलबार, असार १८, २०८१ एमालेका महासचिव शंकर पोखरेलले प्रमुख दुई दल मिल्नुको कारण खुलाएका छन्।प्रचण्ड नेतृत्वको सरकार विस्थापित गरेर केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने कांग्रेससँग समझदारीमा हुनुमा निश्चित राजनीतिक उद्देश्य रहेको उनले बताएका हुन्।ओली नेतृत्वको राष्ट्रिय सरकारमा अन्य दललाई पनि समावेश गर्ने उनले बताएका छन्।









