News Griha :: न्यूजगृह
एमाले–कांग्रेसको नयाँ समीकरणलाई राप्रपाले कसरी लिएको छ? 
एमाले–कांग्रेसको नयाँ समीकरणलाई राप्रपाले कसरी लिएको छ?  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एमाले–कांग्रेस मिलेर सत्ताको नयाँ समीकरण अनुसारको सरकार बनाउने निर्णय स्वागत योग्य रहेको बताएको छ। आज बसेको राप्रपाको पदाधिकारी बैठकले एमाले–कांग्रेसको सहकार्यमा सरकार बन्ने निर्णय सकारात्मक रहेको निष्कर्ष निकालेको हो। त्यसो त यसअघि पनि राप्रपाले संसद्को पहिलो ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले...
बादलका छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
बादलका छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। पूर्व गृहमन्त्री एवं एमाले नेता रामबहादुर थापा बादलका छोरा समेत रहेका प्रतीक गत असार १४ गते शुक्रबार पक्राउ परेका थिए। नक्कली भुटानी शरणार्थी प्रकराणमा उनको नाम मुछिएपछि...
राष्ट्रपति पौडेलद्वारा सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण 
राष्ट्रपति पौडेलद्वारा सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण  संघीय ससंद्को दुवै सदनबाट पारित भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार उक्त संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन्। प्रतिनिधि सभा र राष्ट्रिय सभामा छलफलपछि उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो। 
प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त  
प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त   प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन्।  सभामुख देवराज घिमिरेले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम अधिकारीलाई सचिव पदमा नियुक्तिको लागि सिफारिस गरेका थिए। सभामुखको घिमिरेको सिफारिसको आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले घिमिरेलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका हुन्। 
झापामा हात्ती आतंक, एक वर्षमा ६ जनाको मृत्यु
झापामा हात्ती आतंक, एक वर्षमा ६ जनाको मृत्यु मेचीनगर वडा नं १२ की ५२ वर्षीया भीममाया राई दुई दिनअघि बेलुकी ९ः३० बजेतिर पसलबाट घर फर्किंदै गर्दा बाटोमा हात्तीको आक्रमणमा परेर घाइते भइन्। बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार सम्भव नभएपछि उनको सिलगुढीस्थित अस्पतालमा उपचार भइरहेको छ। ‘पसलबाट घर आउँदै गर्दा कालीझोडाबाट निस्किएको हात्तीले एक्कासि आक्रमण गर्यो,’ घाइते भीममायाका...
राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी विधेयक स्वीकृत
राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी विधेयक स्वीकृत राष्ट्रियसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
संसदीय छानबिन समितिले मुख्य राजनीतिक दलसँग सुझाव माग्ने 
संसदीय छानबिन समितिले मुख्य राजनीतिक दलसँग सुझाव माग्ने  सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित विशेष संसदीय छानबिन समितिले मुख्य राजनीतिक दलहरुसँग सुझाव माग्ने भएको छ।मंगलबार बसेको समितिको आठौँ बैठकले सहकारी ठगीको छानबिनका लागि सहयोगका लागि राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुसँग जवाफ माग्ने निर्णय गरेको हो। 
पोखरा महानगरपालिकामा अख्तियारले छापा मार्‍यो
पोखरा महानगरपालिकामा अख्तियारले छापा मार्‍यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ।  मणिपाल शिक्षण अस्पताललाई राजश्व छुट दिएको भन्दै अख्तियारको टोलीले मंगलबार दिउँसो महानगरको कार्यालयमा छापा मारेको हो। राजश्व छुटसम्बन्धी परेको उजुरीका आधारमा त्यहाँ छापा मारेर कागजात नियन्त्रण गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकारी जगदिश चन्द्र शिवाकोटीले न्यूजगृहलाई जानकारी...
पोखरीमा डुबेर दुई बालकको मृत्यु
पोखरीमा डुबेर दुई बालकको मृत्यु सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। 
राजनीतिसँगै ‘ड्रागन’खेतीमा रमाइरहेका गणेश 
राजनीतिसँगै ‘ड्रागन’खेतीमा रमाइरहेका गणेश  राजनीतिसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा– १ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ।  राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उनले तीन वर्षअघि विसं २०७८ देखि ड्रागन फल खेती सुरु गरेका थिए। 
राजनीतिक फेरबदलको असर शेयर बजारमाः नेप्से परिसूचकमा ४७ अंकको वृद्धि 
राजनीतिक फेरबदलको असर शेयर बजारमाः नेप्से परिसूचकमा ४७ अंकको वृद्धि  साताको तेस्रो कारोबार दिन तीव्र उतारचढावकाबीच शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अंकले बढेको छ। आज नेप्से परिसूचक दुई दशमलव २९ प्रतिशतले बढेर दुई हजार एक सय दशमलव ४३ को बिन्दुमा कायम भएको हो।
च्यासलमा एमाले सचिवालय बैठक 
च्यासलमा एमाले सचिवालय बैठक  नेकपा एमालेको सचिवालय बैठक बसेको छ।केहीबेरअघि एमाले मुख्यालय च्यासलमा एमाले सचिवालय बैठक बसेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार आजको छलफलमा नयाँ राजनीतिक घटनाक्रमबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘ब्रिफिङ’ गर्नेछन्। 
Weather Update