राष्ट्रपति पौडेलद्वारा सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण
-1714282972.jpg)
काठमाडौं— संघीय ससंद्को दुवै सदनबाट पारित भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार उक्त संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन्। प्रतिनिधि सभा र राष्ट्रिय सभामा छलफलपछि उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको देहाय बमोजिमको विधेयक (सुरक्षण मुद्रणसम्बन्धी विधेयक) नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ १७:३२