News Griha :: न्यूजगृह
यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना
यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 
खोलाले बगाउँदा एक महिलाको मृत्यु
खोलाले बगाउँदा एक महिलाको मृत्यु गुरुङको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
नुनको भाउ किलोमा ६ रुपैयाँले बढ्यो
नुनको भाउ किलोमा ६ रुपैयाँले बढ्यो सरकारले ८ वर्षपछि नुनको भाउ बढाएको छ।साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार कम्पनी सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले नुनको भाउ बढाउने निर्णय गरेको हो।
ललितपुरको सुयोग सहकारीका अध्यक्षसहित ३ जना पक्राउ, ७ करोड रुपैयाँ हिनामिना गरेको आरोप 
ललितपुरको सुयोग सहकारीका अध्यक्षसहित ३ जना पक्राउ, ७ करोड रुपैयाँ हिनामिना गरेको आरोप  प्रहरीले सहकारी संस्थाका अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवालाई पक्राउ गरेको हो। उनीहरूले सहकारीको ७ करोड १३ लाख रुपैयाँ हिनामिना गरेको प्रहरीले जनाएको छ।
क्याम्पस प्रमुख हत्या प्रकरणः थप एक आरोपित पेस्तोल र गोलीसहित पक्राउ
क्याम्पस प्रमुख हत्या प्रकरणः थप एक आरोपित पेस्तोल र गोलीसहित पक्राउ ४२ वर्षीय महराको साथबाट कटुवा पेस्तोल एक थान, चेम्बरमा एक थान गोली भएको मेड इन यूएस लेखिएको एउटा पेस्तोल र अटोमेटिक पेस्तोलमा लाग्ने म्यागजिन एक थान बरामद भएको प्रहरीको दाबी छ। हत्यामा प्रयोग भएका यी हतियार उनले गाडीभित्र लुकाइराखेको अवस्थामा फेला पारिएको थियो।
कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेट
कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्छः शेखर कोइराला 
दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्छः शेखर कोइराला  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्ने बताएका छन्। 
मौलिकतासहितको आधुनिक विकास गर्दै सूर्यविनायक
मौलिकतासहितको आधुनिक विकास गर्दै सूर्यविनायक सूर्यविनायक नगरपालिकाले मौलिक र आधुनिकको मिश्रण (फ्युजन) सहितको विकास गरिरहेको जनाएको छ। आज नगरपालिकाको विकास निर्माणसम्बन्धी प्रगतिबारे जानकारी दिन राष्ट्रिय सञ्चार केन्द्रले सूर्यविनायक नगरपालिकाको सहयोगमा आयोजना गरेको ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया’मा आधुनिक र परम्परागत शैलीको फ्युजनको रुपमा सहर निर्माण भएको जानकारी गराइयो।
६० किलो सुन तस्करी प्रकरणः ६० जनाविरुद्ध मुद्दा दायर 
६० किलो सुन तस्करी प्रकरणः ६० जनाविरुद्ध मुद्दा दायर  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘ब्रेक शु’मा लुकाएर ल्याएको ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका ६० जनाविरुद्ध मुद्दा दायर भएको छ। मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयार पारेको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। 
प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आह्वान गर्नेसहित एमालेको यी ३ निर्णय 
प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आह्वान गर्नेसहित एमालेको यी ३ निर्णय  नेकपा एमालेले नयाँ सरकारको गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आह्वान गर्ने निर्णय गरेको छ।  आज बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आह्वान गर्नेसहित तीन निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले न्यूजगृहलाई जानकारी दिए।  ‘आजको बैठकले मुलतः प्रधानमन्त्रीलाई मार्गप्रशस्त गरेर नयाँ सरकार गठनको वातावरण बनाउन आह्वान गर्ने गरेको...
खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता भएको जिल्ला
खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता भएको जिल्ला खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका दशवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि आज जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। 
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै परेको रिट ‘हेर्दाहेर्दै’ मा परेको छ। आज उक्त रिटमाथिको सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको थियो।  आज गृहमन्त्री लामिछानेको तर्फबाट बहस गरिएकोमा नसकिएपछि रिट ‘हेर्दाहेर्दै’ मा राखिएको हो।
Weather Update