News Griha :: न्यूजगृह
खोलाले बगाउँदा एक महिलाको मृत्यु

दाङ—  तुलसीपुर उपमहानगरपालिका–३ स्थित गोठी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।

सोही वडाको रानागाउँ बस्ने ५१ वर्षीया ताराकुमारी गुरुङलाई मङ्गलबार खोलाले बगाउँदा मृत्यु भएको हो।

गुरुङको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

खेतमा काम गर्न गएकी उनी शौच गर्न खोलातर्फ गएकी थिइन्। खोलामा एक्कासि आएको बाढीले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०६:१३
Weather Update