News Griha :: न्यूजगृह
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

काठमाडौं—उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै परेको रिट ‘हेर्दाहेर्दै’ मा परेको छ। 

आज उक्त रिटमाथिको सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको थियो। 

गृहमन्त्री लामिछानेको तर्फबाट बहस गरिएकोमा नसकिएपछि रिट ‘हेर्दाहेर्दै’ मा राखिएको हो।

गृहमन्त्री लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने भन्दै गत जेठ १४ गते दायर रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

यही असार ७ गते निवेदकका कानुन व्यवसायीले बहस गरेका थिए। 

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्नसक्ने दाबी गर्दै उनलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नाममा अन्तरिम आदेशको माग गरिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १८:४०
Weather Update