ललितपुरको सुयोग सहकारीका अध्यक्षसहित ३ जना पक्राउ, ७ करोड रुपैयाँ हिनामिना गरेको आरोप
-1719933783.jpg)
काठमाडौं— ललितपुरको मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जना पक्राउ परेका छन्।
प्रहरीले सहकारी संस्थाका अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवालाई पक्राउ गरेको हो। उनीहरूले सहकारीको ७ करोड १३ लाख रुपैयाँ हिनामिना गरेको प्रहरीले जनाएको छ।
सहकारीमा कुल निक्षेप ४५ करोड रहेको पाइएको छ। तीन जनाविरुद्ध गत चैतमा ठगीसम्बन्धी उजुरी दर्ता भएपछि उनीहरू फरार भएका थिए। प्रहरीले बारा, ललितपुर र भक्तपुरबाट तीन जनालाई पक्राउ गरेको जनाएको छ।
अध्यक्ष महर्जन बैङ्किङ कसुर मुद्दामा समेत फरार रहेका प्रतिवादी भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ २१:०८













