News Griha :: न्यूजगृह
नेदरल्याण्ड्स युरोकपको क्वार्टरफाइनलमा, सेमिफाइनल प्रवेशका लागि टर्कीसँग खेल्ने

काठमाडौं— रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

म्युनिखमा भएको प्रिक्वार्टरफाइनलको खेलमा नेदरल्याण्ड्स ३–० ले विजयी भएको हो।​ २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए।

दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले गरे। रोमानियाका डिफेन्डर राडु ड्रागुसिनले गल्ती गरेपछि गाक्पोको पासमा उनले गोल गरेका थिए।

तेस्रो गोल मालेनले नै इन्जुरी समयको चौथो मिनेटमा गर्दै जित निश्चित गरे।

184592343465-1719969077.jpgनेदरल्याण्ड्सले अब सेमिफाइनल प्रवेशका लागि टर्कीसँग खेल्नेछ। 

अष्ट्रियालाई हराउँदै टर्कीले युरो कपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

जर्मनीको लाइप्जिगमा गएराति भएको खेलमा  टर्कीले २–१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो।

टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए। अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काए पनि बराबरी भने गर्न सकेन।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०६:३७
Weather Update