नेकपा एस महाधिवेशनः १२ समूहका सुझाव पेस हुँदै बुधबार, असार १९, २०८१

सुनचाँदीको मूल्य वृद्धि, तोलाको कति पुग्यो ? बुधबार, असार १९, २०८१ बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ४ सयले बढेर १ लाख ४२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

पोखराको लामाचौरबाट हराए तीन वर्षीय बालक बुधबार, असार १९, २०८१ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार रामचन्द्र सीकेका छोरा अनमोल मङ्गलबार बेलुकी करिब साढे ९ बजेदेखि हराएका हुन् ।

मुखमा कालो टेप टाँसेर महामन्त्री ढकाल बैठकमा सहभागी बुधबार, असार १९, २०८१ बिहान ९ बजे सुरु भएको महामन्त्री मुकुल ढकालको प्रतिवेदन र बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन्। महामन्त्री ढकालले ३८ जिल्ला पुगेर तयार पारेको समीक्षा प्रतिवेदन गत साता सभापति रवि लामिछानेलाई बुझाएका थिए।

कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल समीकरण पूरा बुधबार, असार १९, २०८१ कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । आज भएको ग्रूप डी अन्तरगतका खेल सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुङ्गो लागेको हो । आज भएको खेलमा ब्राजिल कोलम्बियासँग बराबरीमा रोकियो ।

एसईईमा नवलपुरका १२ विद्यालयको नतिजा ‘शून्य’ बुधबार, असार १९, २०८१ जिल्लामा शून्य नतिजा ल्याउने विद्यालयमध्ये मध्यविन्दु नगरपालिकामा चार, गैँडाकोट नगरपालिकामा दुई , हुप्सेकोट गाउँपालिकामा दुई, बुलिङटार गाउँपालिकामा दुई र विनयी त्रिवेणी गाउँपालिकामा दुई छन् । जिल्लाको मध्यविन्दुमा दुई संस्थागत विद्यालय एवं सामुदायिकतर्फ एक प्राविधिक धारको विद्यालय र साधारण विद्यालय रहेका शिक्षा विकास तथा समन्वय एकाइ नवलपुरले जनाएको छ । एकाइ...

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिए कसरी बन्छ नयाँ सरकार? बुधबार, असार १९, २०८१ संसद्का दुई ठूला दलले नयाँ गठबन्धन बनाउने सहमति गरेपछि अब राजनीतिले नयाँ मोड लिएको छ । कांग्रेस-एमालेबीचको सहमति अनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् ।तर त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने अवस्था रहेको छ । तर माओवादी केन्द्रले मङ्गलबार तत्काल राजीनामा...

दिनार र अमेरिकी डलरको मूल्य बढ्यो, युरो र अस्ट्रेलियन डलरको घट्यो बुधबार, असार १९, २०८१ नेपाल राष्ट्र बैंकले बुधबार का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, दिनार, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर अस्ट्रेलियन डलर, युरोसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ।

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै बुधबार, असार १९, २०८१ पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दै छ। बैठक आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ।बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने रास्वपा सांसद समेत रहेकी निशा डाँगीले जानकारी दिइन् ।
-1717758427.jpg)
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ बुधबार, असार १९, २०८१ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइ बुधबार पनि हुँदैछ।सर्वोच्च अदालतले मंगलबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखेको थियो। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

एकीकृत समाजवादीको महाधिवेशन : आज नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने बुधबार, असार १९, २०८१ बिहान ११ बजे सुरु हुने बन्द सत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा भएको समूह छलफलको निष्कर्ष पेस गरिने भएको हो। ती दस्तावेज बारे प्रतिनिधिबीच १२ समूह बनाएर सामूहिक छलफल गरिएको छ।
-1716875199.jpg)
कांग्रेस संसदीय दल र कार्यसम्पादन समितिको छुट्टाछुट्टै बैठक बस्दै बुधबार, असार १९, २०८१ नेपाली कांग्रेस संसदीय दलको बैठक बुधबार बस्ने भएको छ। बैठक दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने दलले बताएको छ।

एमालेको आग्रहअनुसार प्रधानमन्त्री प्रचण्डले आज राजीनामा देलान्? बुधबार, असार १९, २०८१ नेकपा एमालेले आजसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ।हिजो बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गरेको थियो।








