कांग्रेस संसदीय दल र कार्यसम्पादन समितिको छुट्टाछुट्टै बैठक बस्दै
-1716875199.jpg)
काठमाडौं — नेपाली कांग्रेस संसदीय दलको बैठक बुधबार बस्ने भएको छ।
बैठक दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने दलले बताएको छ।
बुधबार नै बस्नेगरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
एमालेसँग सत्ता सहकार्यका लागि भएको सहमतिपछि त्यसलाई अनुमोदन गर्न बिहान ९ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रकाशित मिति: बुधबार, असार १९, २०८१ ०७:०१