एकीकृत समाजवादीको महाधिवेशन : आज नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने

काठमाडौं— नेकपा एकीकृत समाजवादीको जारी दशौँ राष्ट्रिय महाधिवेशनमा बुधबार प्रतिवेदनमाथिको निष्कर्ष पेस गरिँदैछ।
बिहान ११ बजे सुरु हुने बन्द सत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा भएको समूह छलफलको निष्कर्ष पेस गरिने भएको हो। ती दस्तावेज बारे प्रतिनिधिबीच १२ समूह बनाएर सामूहिक छलफल गरिएको छ।
सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित पारित गरिनेछ। त्यसपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ। महाधिवेशनले २९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ।
महाधिवेशन बिहीबार समापन हुनेछ।
प्रकाशित मिति: बुधबार, असार १९, २०८१ ०७:१२