News Griha :: न्यूजगृह

काठमाडौं— कास्कीको पोखरा महानगरपालिका—१६ लामाचौरबाट तीन वर्षीय बालक हराएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार रामचन्द्र सीकेका छोरा अनमोल मङ्गलबार बेलुकी करिब साढे ९ बजेदेखि हराएका हुन् ।

परिवारबाट बालक बेपत्ता भएको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बगरबाट टोली खटिएर खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

गहुँगोरो वर्णका, कपाल बाटेका र आफ्नो नाम बताउन सक्ने ती बालकलाई देखे नजिकैको प्रहरी चौकीमा खबर गरिदिन कास्की प्रहरीले अनुरोध गरेको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १०:५४
Weather Update