News Griha :: न्यूजगृह
कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं— कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । 

आज भएको ग्रूप डी अन्तरगतका खेल सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुङ्गो लागेको हो । आज भएको खेलमा ब्राजिल कोलम्बियासँग बराबरीमा रोकियो । 

अग्रता जोगाउन नसक्दा ब्राजिल समूह उपविजेता बन्दै अन्तिम आठमा प्रवेश गरेको हो ।

ब्राजिलका लागि १२औँ मिनेटमा राफिनाले गोल गर्दै अग्रता लिएको थियो । तर पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोजले गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरीसँग कोलम्बिया समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ भने ब्राजिल तीन खेलमा पाँच अंकका साथ अन्तिम आठमा पुग्यो । 

आजै भएको अर्को खेलमा कोष्टारिकाले पाराग्वे लाई २–१ ले पराजित गरे पनि दुवै टोली समूह चरणबाटै बाहिरिए । सेमिफाइनल प्रवेशका लागि कोलम्बियाले पनामाको सामना गर्दा उरुग्वेसँग ब्राजिलले खेल्नेछ ।

पहिलो क्वार्टरफाइनलमा शुक्रबार बिहान अर्जेन्टिना र इक्वेडरसँग खेल्दा शनिबार भेनेजुएलाले क्यानडाको सामना गर्नेछ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०९:३६
Weather Update