News Griha :: न्यूजगृह
पाकिस्तान र इरानबाट एक लाख भन्दा बढी अफगानी शरणार्थीहरु स्वदेश फिर्ता
पाकिस्तान र इरानबाट एक लाख भन्दा बढी अफगानी शरणार्थीहरु स्वदेश फिर्ता पाकिस्तान र इरानमा रहेका अफगानी शरणार्थीहरु आफ्नै देश फर्किन थालेका छन्। विगत एक महिनाको अवधीमा करिव १ लाख १५ हजार अफगानी शरणार्थीहरु आफ्नै देश अफगानिस्तान फर्किएको स्थानीय सञ्चारमाध्यम ​​​​​​​टोलो न्यूजले जनाएको छ। 
प्राकृतिक विपत्तिबाट हुने क्षति घटाउन सांसदहरुले गराए सरकारको ध्यानाकर्षण
प्राकृतिक विपत्तिबाट हुने क्षति घटाउन सांसदहरुले गराए सरकारको ध्यानाकर्षण राष्ट्रियसभाका सांसदहरुले वर्षेनी प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्नुहुँदै समयमै पूर्वतयारी गरी क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 
गृहमन्त्री लामिछाने भन्छन्ः भ्रष्टाचारको फाइल खुल्न थालेपछि रातारात समीकरण फेरियो 
गृहमन्त्री लामिछाने भन्छन्ः भ्रष्टाचारको फाइल खुल्न थालेपछि रातारात समीकरण फेरियो  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुल्न थालेपछि रातारात समीकरण फेरिएको टिप्पणी गरेका छन्। मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले सो कुरा बताएका हुन्। नयाँ राजनीतिक समीकरणबारे लामिछानेसँग धारणा राखेका सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले भने, ‘तपाईंहरु नै फाइल खोल्नुप¥यो खोल्नुप¥यो भन्नुहुन्थ्यो। भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात...
प्रस्तावित निर्वाचन आयुक्त प्रधानविरुद्ध ४ उजुरी, संसदीय सुनुवाइ असार २१ गते
प्रस्तावित निर्वाचन आयुक्त प्रधानविरुद्ध ४ उजुरी, संसदीय सुनुवाइ असार २१ गते संघीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानसँग आगामी असार २१ गते सुनुवाइ हुनेगरी कार्यतालिका तय गरेको छ। समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा आज बसेको बैठकले २० गते उनीविरुद्धका उजुरीकर्ता र २१ गते प्रधानसँग छलफल गर्ने कार्यतालिका तय गरेको हो। 
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश 
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश  सर्वोच्च अदालतले धितोपत्र बोर्डका अध्यक्षको नियुक्ति प्रक्रिया रद्द नगर्र्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिप्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध अध्यक्षका लागि प्रत्यासी समेत रहेका रहेका सन्तोषनारायण श्रेष्ठले सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए। 
सानेपामा देउवा–प्रचण्ड सँगसँगै
सानेपामा देउवा–प्रचण्ड सँगसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसको मुख्यालय सानेपामा पुगेका छन्।  पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीका अवसरमा कांग्रेसले आयोजना गरेको ‘क्रान्तीदेखि शान्तिसम्म’ ऐतिहासिक फोटो प्रदर्शनीको अवलोकन गर्न सानेपा पुगेका हुन्।  
फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम
फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम आर्थिक वर्ष २०७३–७४ मा सुरु भएर पनि पूर्णता पाउन नसकेको फुस्रेखोला रामदी मट्टिखान हुँदै स्याङजाको देउरालीसम्मको सडक आयोजनामा सात वर्षमा करिब ५१ प्रतिशत काम सम्पन्न भएको छ।
नयाँ राजनीतिक घटनाक्रमबारे प्रचण्डले गरे राष्ट्रपतिसँग छलफल
नयाँ राजनीतिक घटनाक्रमबारे प्रचण्डले गरे राष्ट्रपतिसँग छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन्। कांग्रेस–एमाले मिलेर नयाँ समीकरण अनुसार सरकार बनाउने तयारीपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका थिए। 
अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरुनै जाती
अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरुनै जाती पाँच वर्षअघि नै बागलुङका बजार तथा ग्रामीण क्षेत्रमा आधुनिक हल (मिनी टेलर) तर्फ किसानको आकर्षण बढेको थियो। स्थानीय पालिकाले पनि कृषिमा आधुनिकीकरण गर्ने भन्दै किसानलाई आधुनिक हलो अनुदान दिने लहरनै चलेको थियो। तर पछिल्लो समय किसानले आधुनिक हलो जाति मान्न छोडेका छन्। 
दीपकराज गिरीको रास्वपा लक्षित टिप्पणी
दीपकराज गिरीको रास्वपा लक्षित टिप्पणी मङ्गलबार बिहान समाजिक सञ्जालमा टिप्पणी गर्दै अभिनेता गिरीले  अब ठूला माछा समाउँदै थियौ, रातारात देशी विदेशी शक्तिको ग्रान्ड डिजाइनमा सरकार परिवर्तन गरियो भन्ने सुन्नु पर्ने बताएका हुन्।
देउवाको नजरमा गिरिजाबाबु– उहाँ नभएको भए देशमा गणतन्त्र आउने थिएन
देउवाको नजरमा गिरिजाबाबु– उहाँ नभएको भए देशमा गणतन्त्र आउने थिएन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले गणतन्त्र स्थापनामा खेलेको भूमिकाबारे स्मरण गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले मंगलबार पार्टी कार्यालय सानेपामा गिरीजाबाबुको शताब्दी जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सो कुरा बताएका हुन्। 
शिक्षण पेसा छाडेर बाख्रापालनमा लागेका राईको वार्षिक ६ लाख आम्दानी 
शिक्षण पेसा छाडेर बाख्रापालनमा लागेका राईको वार्षिक ६ लाख आम्दानी  शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन्। उनले व्यावसायिक बाख्रापालनबाट वार्षिक पाँच लाखदेखि छ लाखसम्म आम्दानी गर्दै आएका हुन्।  
Weather Update