सानेपामा देउवा–प्रचण्ड सँगसँगै

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसको मुख्यालय सानेपामा पुगेका छन्।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीका अवसरमा कांग्रेसले आयोजना गरेको ‘क्रान्तीदेखि शान्तिसम्म’ ऐतिहासिक फोटो प्रदर्शनीको अवलोकन गर्न सानेपा पुगेका हुन्।
त्यहाँ उनले गणतन्त्र स्थापनादेखि नेपालको महत्वपूर्ण राजनीतिक घटनाक्रमको जानकारी दिइएको फोटो प्रदर्शनी समेत अवलोकन गरेका छन्।
सोमबार राति कांग्रेस एमाले मिलेर नयाँ समीकरण अनुसार सरकार बनाउने सहमती गरेका छन्। यसैबीच प्रधानमन्त्री प्रचण्ड कांग्रेसले आयोजना गरेको फोटो प्रदर्शनीमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरुसँग समेत भेट गरेका छन्।
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ १४:०७