News Griha :: न्यूजगृह
दीपकराज गिरीको रास्वपा लक्षित टिप्पणी

काठमाडौं— अभिनेता दीपकराज गिरिले सत्ता समीकरण परिवर्तन भएपछि रास्वपा लक्षित व्यङ्ग्य गरेका छन्।

मङ्गलबार बिहान समाजिक सञ्जालमा टिप्पणी गर्दै अभिनेता गिरीले  अब ठूला माछा समाउँदै थियौ, रातारात देशी विदेशी शक्तिको ग्रान्ड डिजाइनमा सरकार परिवर्तन गरियो भन्ने सुन्नु पर्ने बताएका हुन्।

उनले भनेका छन्, 'नतिजा आउँदै थियो ! ठूला माछा समाउँदै थियौ ! त्यो थाहा पाएर रातारात देशी विदेशी शक्तिको ग्रान्ड डिजाइनमा सरकार परिवर्तन गरियो । अब सुन्नु पर्ने कुरा !'

रास्वपा सरकारमा गएर ठोस काम गर्न नसकेको र परिणाम दिन नसकेको भन्दै यसअघि रास्वपाका समर्थक रहेका कैयौँ कलाकार र स्वतन्त्र व्यक्तिहरूले अहिले आलोचना गरिरहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १३:१८
Weather Update