नयाँ राजनीतिक घटनाक्रमबारे प्रचण्डले गरे राष्ट्रपतिसँग छलफल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन्।
कांग्रेस–एमाले मिलेर नयाँ समीकरण अनुसार सरकार बनाउने तयारीपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका थिए।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग विकसित घटनाक्रमका बारेमा जानकारी गराएका छन्।
अहिले प्रधानमन्त्री प्रचण्ड शीतलनिवासबाट फर्किसकेका छन्।
सोमबार राति एमाले र कांग्रेस मिलेर नयाँ सरकार बनाउने तयारी गरेका छन्। विभिन्न ७ बुँदे समझदारी गरी कांग्रेस–एमालेको सरकार बन्ने भएसँगै प्रचण्ड सरकारको दिनगन्ती सुरु भएको छ।
यता प्रधानमन्त्री प्रचण्डले भने तत्काल विश्वासको राजीनामा नदिने बरु विश्वासको मत लिने तयारीमा रहेका छन्।
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ १३:४५