च्यासलमा एमाले सचिवालय बैठक
-1719918594.jpg)
काठमाडौं— नेकपा एमालेको सचिवालय बैठक बसेको छ।
केहीबेरअघि एमाले मुख्यालय च्यासलमा एमाले सचिवालय बैठक बसेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार आजको छलफलमा नयाँ राजनीतिक घटनाक्रमबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘ब्रिफिङ’ गर्नेछन्।
सोमबार राति एमाले–कांग्रेसबीच आलोपालो सरकार निर्माण गर्ने गरी समझदारी बनेसँगै त्यसलार्ई पार्टीबाट अनुमोदन गराउनका लागि एमालेले बैठक बोलाएको थियो।
गएराति भएको सहमती अनुसार एमाले अध्यक्ष ओलीले सुरुमा सरकारको नेतृत्व गर्नेछन्। त्यसपछि बाँकी समय देउवाले सरकारको नेतृत्व गर्दै निर्वाचन गराउनेछन्।
एमाले–कांग्रेसबीचको अन्य सहमती भने सार्वजनिक भएको छैन।
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ १५:३८