News Griha :: न्यूजगृह
प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त  

काठमाडौं— प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन्।  

सभामुख देवराज घिमिरेले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम अधिकारीलाई सचिव पदमा नियुक्तिको लागि सिफारिस गरेका थिए। 

सभामुखको घिमिरेको सिफारिसको आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले घिमिरेलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका हुन्। 

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूको सिफारिसका आधारमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका वडा नं २, कोशी प्रदेश, संखुवासभा जिल्ला निवासी श्री सुरेश अधिकारीलाई संघीय संसद, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  

प्रतिनिधि सभाका तत्कालीन सचिव पद्मप्रसाद पाण्डेय संघीय संसद्को महासचिव भएपछि २०८० माघ २३ गतेदेखि सो पद रिक्त रहेको थियो। 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १७:२१
Weather Update