
काठमाडौं— आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई बालयौन दुराचारमा १० वर्षको कैद सजाय सुनाइएको छ।
सोमबार जिल्ला अदालत सर्लाहीले बालयौन दुराचारमा दोषी ठहर भएका बम्जनलाई १० वर्ष कैदसहित ५ लाख क्षतिपुर्तिको फैसला सुनाएको हो।
बम्जनलाई गत असार १० गते सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दोषी ठहर गरेको थियो।
आज न्यायाधीश भण्डारीको इजलासले अभियुक्त बम्जनलाई सजाय निर्धारण गरेको हो।
त्यसो त आज नै बम्जनको सजाय निर्धारण बहस भएको थियो। बहसका क्रममा सरकारले जन्मकैद २० वर्ष सजाय हुनुपर्ने माग गरेका थिए। तर अदालतले आधामात्र १० वर्ष कैदको फैसला सुनाएको हो।
सिन्धुपाल्चोक र सर्लाहीका विभिन्न स्थानमा आश्रम खडा गरी त्यहाँ जाने आनीहरुलाई जबरजस्ती करणी गर्ने, बेपत्ता पर्ने लगायतका कार्य गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
बाल यौन दुराचार तथा व्यक्ति बेपत्ता पारिएको उजुरी विभिन्न जिल्लामा परेपछि उनी फरार रहेका थिए। उनलाई २०८० पुस २४ गते केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले पक्राउ गरेको थियो।
प्रहरीले उनलाई २०७६ सालदेखि नै खोजी गरिरहेपनि २०८० सालमा मात्रै उनी पक्राउ परेका हुन्। सर्लाही अदालतले २७ पुस २०८० मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
यद्यपि जिल्ला अदालतको फैसला चित्त नबुझेमा बम्जन उच्च अदालत जान सक्नेछन्।













