News Griha :: न्यूजगृह
रोल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं— रोल्पाको माडी गाउँपालिका-३ परेवा छहरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

माडी गाउँपालिका-२ घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२  जीप सोमबार बेलुकी करिब ४ बजे सडकबाट ४०० मिटर तल खसेर दुर्घटना भएको हो।

हालसम्म ५ जना घाइतेलाई अस्पताल ल्याइएकोमा २ जनाको मृत्युको भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिए।

जीपमा १५ जना सवार रहेको जानकारी आएको उनले बताए। उनीहरुलाई पनि उद्दार गरेर जिल्ला अस्पतालतर्फ ल्याइएको छ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  २१:५३
Weather Update