अपडेट
रोल्पा जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

काठमाडौं— रोल्पाको घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप सोमबार माडी गाउँपालिका— ४ परेवा छहरामा दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ।
रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाले घाइतेमध्ये ७ जनाको मृत्यु भएको जानकारी दिए। उनीहरूको सनाखत हुन बाँकी छ।
अन्य केही घाइतेको पनि अवस्था गम्भीर रहेको उनले बताए। केही घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
सोमबार अपरान्ह जीप सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ ०६:१५













