News Griha :: न्यूजगृह
टी२० विश्वकप जितेको भारतीय क्रिकेट टोलीलाई बीसीसीआईले १२५ करोड भारु पुरस्कार दिने 

काठमाडौं— भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टी२० विश्वकप उपाधि जितेको क्रिकेट टोलीलाई १२५ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। 

बीसीसीआईका सचिव जय साहले सोसल मिडिया प्लेटफर्म एक्समार्पत पुरस्कार घोषणा गरेका हुन्। 

उनले लेखेका छन्, ‘आईसीसी पुरुष टी२० विश्वकप २०२४ जित्ने टिम इन्डियालाई १२५ करोड रुपैयाँको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु। भारतीय टोलीले प्रतियोगिताभरि असाधारण प्रतिभा, दृढ संकल्प र खेलकुद प्रदर्शन गरेको छ। यस अद्भूत उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई छ।’

बार्बाडोसमा शनिबार राति भएको टी२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको हो। भारतीय टोलीले  अपराजित रहेर १७ वर्षपछि दोस्रोपटक विश्वकप उपाधि जितेको हो।

टी२० विश्वकप जितेकामा भारतीय टोलीलाई आईसीसीले झन्डै २० करोड भारतीय रुपैयाँ पुरस्कार दिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०८:५५
Weather Update