News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं—  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बिहान भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार गएका हुन्। प्रचण्ड र ओलीबीच लगातार दोस्रो दिन भएको भेटवार्ता हो।

यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो। 

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि अहिले शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ।

ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ। 

kp-sharma-oli-pushpakamal-dahal-prachanda-1-1719806153.jpgतस्बिर: प्रदीपराज वन्त

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०९:३८
Weather Update