News Griha :: न्यूजगृह
कक्षा कोठामा पानी जमेपछि पठन पाठनमा समस्या

रौतहट— रौतहटको दुर्गा भगवती गाउँपालिकाका विभिन्न स्थानमा वर्षाको पानी जमेपछि पठनपाठनमा समस्या भएको छ।

वडा नम्बर १ स्थित जनता प्राथमिक आधारभुत विद्यालयको चौर र कक्षा कोठामा नै पानी जमेपछि हो।

आइतबार साँझ परेको पानीले निकास नपाउँदा विद्यालयमा जमेको हो। जसकाकारण विद्यार्थीहरूलाई पठनपाठनमा असहज भएको छ। विद्यालय पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्रमा पर्छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १०:१४
Weather Update