News Griha :: न्यूजगृह
युरोकपमा आजराति पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै

काठमाडौं— जारी युरोकप अन्तर्गत आज नक आउट चरणमा पोर्चुगल र स्लोभेनियाबीच खेल हुँदै छ । नेपाल समयअनुसार यो खेल आज राति १२: ४५ बजेदेखि सुरु हुनेछ ।

समूह चरणमा पोर्चुगल समुह एफ को समूह विजेताको रुपमा नक आउट चरणमा पुगेको हो । पोर्चुगलले ३ खेलमा दुई जित र एक हारसहित ६ अंक हासिल गरेर शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल र टर्कीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा जर्जियासँग २-० गोल अन्तरले पराजित भएको थियो ।

त्यसैगरी स्लोभेनिया समूह सी मा ३ खेलमा तिनै खेल बराबरी खेलेर समुहमा तेस्रो हुँदै नक आउट चरणमा पुगेको हो । पहिलो खेलमा स्लोभेनियाले डेनमार्कसँग १-१ गोलको, दोस्रो खेलमा सर्बियासँग १-१ गोलको, इङ्ल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो ।

पोर्चुगल र स्लोभेनियाबीच अहिलेसम्म केवल एक खेल भएको छ जुन स्लोभेनियाले जितेको छ । गत मार्चमा भएको खेलमा स्लोभेनियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १०:५८
Weather Update