News Griha :: न्यूजगृह
प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौं— प्रतिनिधिसभा बैठक पुनः सुरु भएको छ।

सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको थियो। 

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए।

उनले भने, ‘बैठक सुरु हुनको लागि मन्त्रिपरिषद्को एकजना पनि सदस्य, मन्त्री अनिवार्य उपस्थितीको व्यवस्था छ । यो बैठकमा कसैको पनि उपस्थिती नभएको कारणले गर्दा ध्यानाकर्षण गर्न चाहन्छु।’

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १२:०७
Weather Update