दोहोरो अंकले बढ्यो शेयर बजारः साढे ६ अर्बको कारोबार बिहीबार, असार २०, २०८१
![प्रधानमन्त्रीलाई एमालेको आग्रह– दीर्घकालीन असर पर्ने काम नगर्नू [पत्रसहित]](https://newsgriha.com/uploads/posts/shankar pokhrel-uml1694846001.jpg)
प्रधानमन्त्रीलाई एमालेको आग्रह– दीर्घकालीन असर पर्ने काम नगर्नू [पत्रसहित] बिहीबार, असार २०, २०८१ नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेको भन्दै दीर्घकालीन असर पर्ने काम नगर्न आग्रह गरेको छ। बुधबार एमालेका मन्त्रीहरुले राजीनामा दिएसँगै अल्पमतमा परेको र विश्वासको मत पाउने आधार नभएको भन्दै दीर्घकालीन असर पर्ने काम नगर्न आग्रह गरेको हो। एमालेका महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अहिलेका...
-1714282972.jpg)
भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त बिहीबार, असार २०, २०८१ फ्रान्सका लागि नेपालका आवासीय राजदूत सुधीर भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ।

छानबिन समितिले गृहसचिव र आईजीपीलाई छलफलका लागि बोलायो बिहीबार, असार २०, २०८१ सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय छानबिन समितिले गृह मन्त्रालयका सचिव र प्रहरी प्रमुख (आईजीपी) लाई छलफलका लागि बोलाएको छ। आज बसेको संसदीय छानबिन समितिले थप जानकारी लिन गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको हो।

एमालेका मन्त्रीहरुले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई बिहीबार, असार २०, २०८१ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा दिएपछि एमालेका मन्त्रीहरुको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकिएको छ। आज राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उनीहरूले सम्हालेको मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री प्रचण्ड स्वयंले सम्हाल्ने गरी तोकेका हुन्।

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा बहस सकियो, फैसलाको तयारी बिहीबार, असार २०, २०८१ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पदमुक्त गर्न माग गर्दै परेको रिटमाथिको सबै बहस सकिएको छ। आज सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भएको हो।आज जवाफी बहस भएसँग सबै बहस सकिएको र आजै फैसला आउने रिट निवेदकतर्फका बहसकर्र्ता समेत रहेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले न्यूजगृहलाई...

चोरी मुद्दाका फरार प्रतिवादीलाई समाउन बाँकेमा प्रहरीले चलायो गोली बिहीबार, असार २०, २०८१ बाँकेको डुडुवा गाउँपालिका–६ स्थित सिखनपुरवामा फरार प्रतिवादी पक्राउ गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको छ। स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर र दुई राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए। ‘झडप भएपछि प्रहरीले बाध्य भएर गोली प्रहार गरेको...

निजामती कर्मचारीको वृत्ति विकासको प्रक्रिया प्रारम्भ बिहीबार, असार २०, २०८१ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा वृत्ति विकासका लागि प्रक्रिया प्रारम्भ गरेको बताएका छन्।
-1719747468.jpg)
सहमतिमा नेतृत्व चयन हुन्छ, मै दोहोरिन्छुः माधव नेपाल बिहीबार, असार २०, २०८१ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मतिबाटै नेतृत्व चयन हुने बताएका छन्। बिहीबार दिउँसो पार्टीका शीर्ष नेताहरुसँग एक होटेलमा छलफलपछि बाहिरिने क्रममा अध्यक्ष नेपालले त्यस्तो प्रतिक्रिया दिएका हुन्। ‘छलफल चल्दैछ, सर्वसम्मत नेतृत्व चयन हुँदैछ,’ नेपालले भने।
-1720080148.jpg)
यस्तो छ ‘मुवा थाई’मा विश्वविजेता बनेका गुणराजको कथा बिहीबार, असार २०, २०८१ मुक्कामुक्की र लात्ती हानाहान। कुहिना र घुँडाको प्रहार। शरीरका अधिकांश भागमा हिर्काउन पाइने नियम। हेर्दै निर्मम र डरलाग्दो। नाक मुखबाट रगत बगेर अनुहार रक्ताम्य हुनु सामान्य जस्तै। मार्सल आर्टअन्तर्गत पर्ने खेल मुवा थाई विधाको नियम हो यो।विसं २०८० चैत ६ गते मङ्गलबारका दिन थाइल्याण्डको बैङ्ककस्थित द बजार रत्चडाफिसेकमा १९औं...

मुलुकको विकासका लागि संविधान संशोधन आवश्यक छः डा. शेखर कोइराला बिहीबार, असार २०, २०८१ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संविधान संशोधनको पक्षमा देखिएका छन्। उनले संविधानमा भएका कतिपय प्रावधानहरु नहटाए मुलुक अघि बढ्न नसक्ने भन्दै संविधान सुधार आवश्यक रहेको बताए। नेपाली कांग्रेस पर्साले वीरगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले–कांग्रेसबीचको समीकरण बन्नुमा संविधान संशोधनको सहमति नै मुख्य रहेको समेत बताए।

विभिन्न माग राख्दै सामान्य प्रशासन मन्त्रालयको कृषि सेवा अन्तर्गतका कर्मचारीहरु आन्दोलित बिहीबार, असार २०, २०८१ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कृषि सेवा अन्तर्गतका प्राविधिक कर्मचारीहरु विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन्। बिहीबार संघमा समायोजन भएका कृषि सेवा अन्तर्गतका प्राविधिक कर्मचारीहरुको वृत्ति विकास सुनिश्चित हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका हुन्।

कांग्रेस–एमालेभित्र खेल्न खोज्दै प्रचण्ड, संसद् फेस बहानाबाजी बिहीबार, असार २०, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने सङ्केत गरेका छन्। बिहीबार बिहान राजीनामा दिन बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डले आफूले संसद् फेस गर्ने भएकाले अहिले राजीनामा नदिन आग्रह गरेका थिए। प्रधानमन्त्रीको सो आग्रह पछि रास्वपाका मन्त्रीहरू राजीनामा नदिएर बालुवाटारबाट फर्किए।









