News Griha :: न्यूजगृह
कार्यक्षेत्र नछाड्न प्रजिअलाई गृहको निर्देशन
कार्यक्षेत्र नछाड्न प्रजिअलाई गृहको निर्देशन गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई  निर्देशन दिएका छन्।
देशका धेरै ठाउँमा रातिदेखि वर्षा
देशका धेरै ठाउँमा रातिदेखि वर्षा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सुडानमा लडाइँबाट भाग्दै गर्दा डुबेर २५ जनाको मृत्यु
सुडानमा लडाइँबाट भाग्दै गर्दा डुबेर २५ जनाको मृत्यु ‘दक्षिणपूर्वी राज्य सेन्नारमा ब्लु नाइल नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा करिब २५ नागरिकको मृत्यु भएको छ। ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका छन्’ स्थानीय प्रतिरोध समितिले विज्ञप्तिमा भनेको छ। 
शुक्रबारदेखि मनसुन अझ सक्रिय हुने, आइतबारसम्म सतर्क रहनुहोला : मौसमविद्
शुक्रबारदेखि मनसुन अझ सक्रिय हुने, आइतबारसम्म सतर्क रहनुहोला : मौसमविद् केही दिनयता देशभर सक्रिय मनसुन (पानी पार्ने प्रणाली) शुक्रबारदेखि अझ सक्रिय हुने र वर्षाको मात्रा बढ्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
रारा तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
रारा तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजङ रावलको डुबेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ। 
बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र सङ्गठित अपराध अन्तर्गतको कसुरमा  अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्न झालाई बिहीबार अदालतमा हाजिर गराएको थियो।
मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको ब्रिफिङ— सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन
मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको ब्रिफिङ— सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले कानुनी प्रावधानअनुसार आफूले संसदबाट विश्वासको मत लिने जानकारी दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। 
निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिँदैछौँः मन्त्री बस्नेत
निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिँदैछौँः मन्त्री बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई कानुनी व्यवस्थासहित विद्युत् व्यापारमा संलग्न गराउन लागिएको बताएका छन्।विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा मन्त्री बस्नेतले  कानुनी व्यवस्था गरेर सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिका लागि आवश्यक व्यवस्था गर्न लागिएको जानकारी दिए। 
सुदूरपश्चिमपछि लुम्बिनी सरकारबाट पनि बाहिरियो एमाले, मुख्यमन्त्री महरा अल्पमतमा
सुदूरपश्चिमपछि लुम्बिनी सरकारबाट पनि बाहिरियो एमाले, मुख्यमन्त्री महरा अल्पमतमा केन्द्रमा आएको सत्ता समीकरणको फेरबदलपछि लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ। नेकपा एमालेले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। आज साँझ मुख्यमन्त्री महरालाई एमालेले उनको निवासमा भेटेर समर्थन फिर्ता लिएको जानकारी दिएको हो। साथै एमालेबाट सरकारमा सामेल भएका मन्त्रीहरुले समेत राजीनामा दिएका छन्। 
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा २ न्यायाधीशको राय बाझियो, पूर्ण इजलासमा सुनुवाइ हुने 
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा २ न्यायाधीशको राय बाझियो, पूर्ण इजलासमा सुनुवाइ हुने  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै परेको रिटमा न्यायाधीशबीच राय बाझिएको छ। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासमा आज उक्त रिटमाथिको सबै सुनुवाइ सकिएको थियो। तर न्यायाधीहरुहरुको राय बाझिएका कारण फैसला आउन सकेन। 
सरकार र आन्दोलनरत क्रसर उद्योगीबीच सहमति
सरकार र आन्दोलनरत क्रसर उद्योगीबीच सहमति सरकार र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घबीच सहमति भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज भएको छलफलपछि आन्दोलनरत पक्षसँग तीनबुँदे सहमति भएको हो।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूिर्त मन्त्रालयका सचिव, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घका अध्यक्ष तथा प्रतिनिधिसमेतको...
काठमाडौं–मधेस द्रुतमार्गअन्तर्गत लेनडाँडाको सुरुङमार्ग छिचोलियो
काठमाडौं–मधेस द्रुतमार्गअन्तर्गत लेनडाँडाको सुरुङमार्ग छिचोलियो काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये एउटा सुरुङमार्ग छिचोलिएको छ। 
Weather Update