सुनचाँदीको मूल्यमा सामान्य वृद्धि शुक्रबार, असार २१, २०८१

एकीकृत समाजवादीको महाधिवेशन आज सकिँदै शुक्रबार, असार २१, २०८१ दिउँसो ३ बजेसम्म अन्य पदाधिकारी र केन्द्रीय सदस्य पनि सर्वसम्मत चयन गरिने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। बिहीबार पार्टीका सम्मानित नेता झलनाथ खनालले अन्य पदाधिकारी र केन्द्रीय सदस्य पनि निवर्तमान सचिवालयले सहमतिमै टुङ्ग्याउने प्रस्ताव हलमा गरेका थिए।

मधेसका मुख्यमन्त्री सिंहले भोलि विश्वासको मत लिने, यस्तो छ अंकगणित शुक्रबार, असार २१, २०८१ मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिने भएका छन्।सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। मधेस प्रदेश सभामा जनमत पार्टी चौथो ठूलो दल हो। सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको...

नेपालमा गोतोखोरको सङ्ख्या ११० पुग्यो शुक्रबार, असार २१, २०८१ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले नेपालमा गोतोखोरको सङ्ख्या ११० पुगेको जानकारी दिए। शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेलले प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको बताए।

संसदीय विशेष छानविन समितिले आज गृहसचिव र प्रहरी महानिरीक्षकसँग छलफल गर्दै शुक्रबार, असार २१, २०८१ सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिले शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसँग छलफल गर्ने भएको छ।

प्रशिक्षक इरिक टेन हाग थप दुई वर्ष म्यानचेस्टर युनाइटेडमै रहने शुक्रबार, असार २१, २०८१ इङ्ग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक इरिक टेन हागसँग थप दुई वर्षको सम्झौता गरेको छ।क्लबले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षक इरिकसँग जुन २०२६ सम्म सम्झौता गरेको जानकारी दिएको छ। क्लबले टेन इरिकलाई बर्खास्त गर्ने र नयाँ प्रशिक्षक भित्र्याउने चर्चा चलिरहेका बेला सम्झौता नवीकरण गरेको हो।

बेलायतमा लेबर पार्टीलाई बहुमत, किअर स्टार्मर प्रधानमन्त्री बन्दै शुक्रबार, असार २१, २०८१ बेलायतमा झन्डै १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्कने भएको छ। बिहीबार भएको आम चुनावको नतिजा आउने क्रम जारी छ। अहिलेसम्म घोषित परिणामअनुसार लेबर पार्टीले बहुमत ल्याइसकेको छ।

पाँचथरमा एक युवकको हत्या, ३ जना घाइते शुक्रबार, असार २१, २०८१ स्थानीय धनकुमार राईको घरमा धामीझाँक्रीको नाच हेर्न गएको बेला दिनेशसहित उनका साथीहरु पर्शुराम राई, ध्रुव राई र पुष्कर विकमाथि कुटपिट भएको थियो। उनीहरूलाई स्थानीय २० जनाको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी विनालाल साहले जानकारी दिए।

अनुदानमा किसानलाई ‘मिनीटिलर’ वितरण शुक्रबार, असार २१, २०८१ व्यावसायिक खेतीमा संलग्न किसानलाई कृष्णपुर नगरपालिका वडा नं २ ले ५० प्रतिशत अनुदानमा ‘मिनीटिलर’ (खेतबारी जोत्न उपयोग गरिने औजार) उपलब्ध गराएको छ। वडा कार्यालयको तीन लाख र किसानको तीन लाख गरी ६ लाख रुपैयाँमा सो औजार खरिद गरी किसानलाई उपलब्ध गरिएको हो।

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा, मेसीले पेनाल्टी मिस गरे शुक्रबार, असार २१, २०८१ पेनाल्टी सुटआउटमा लियोनेल मेसीले अर्जेन्टिनाका लागि हानेको पहिलो पेनाल्टी मिस गरेका थिए। मेसीले हानेको बल बारमा लागेर बाहिरिएको थियो। तर अर्जेन्टिनाका लागि अन्य चार खेलाडीले गोल गरेपछि जित सुनिश्चित भएको हो। इक्वेडरका दुई खेलाडीले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपरले बचाएका थिए।

युरोकपको क्वार्टरफाइनलमा आज स्पेन र जर्मनी भिड्दै शुक्रबार, असार २१, २०८१ जारी युरोकपमा आजदेखि क्वार्टरफाइनलका खेलहरू सुरु हुँदै छन्। आज क्वार्टरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुँदै छ। यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि सुरु हुनेछ।

बेलायतमा सुनकको बिदाई निश्चित, लेबर पार्टी सत्तामा फर्किदै शुक्रबार, असार २१, २०८१ २०२० मा, किअर स्टार्मर लेबर पार्टीको अध्यक्षमा निर्वाचित भए। तर, स्टार्मर अध्यक्ष बनेपछि पार्टीले ८५ वर्षमा सबैभन्दा नराम्रो हार बेहोरेको थियो। उनले तत्कालै पार्टीलाई पुनः विजयी बनाउने आफ्नो मिसन घोषणा गरे । लेबर पार्टीलाई बेलायती राजनीतिको केन्द्रमा फर्काउने र मतदातालाई फराकिलो अपील गर्ने स्टार्मरको प्रयास सफल भएको देखिन्छ।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची शुक्रबार, असार २१, २०८१ बिहान सवा ११ बजेका लागि बोलाइएको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।









