किअर स्टार्मर बने बेलायतको प्रधानमन्त्री शुक्रबार, असार २१, २०८१

सन्दीपलाई क्यानले दियो 'ए'ग्रेडको केन्द्रीय सम्झौता शुक्रबार, असार २१, २०८१ क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म 'ए' ग्रेडमा रहने गरि केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो । 'ए ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख पारिश्रमिक दिने गर्दछ ।

जनता समाजवादी पार्टीका मन्त्रीहरूले बुझाए राजीनामा शुक्रबार, असार २१, २०८१ जनता समाजवादी पार्टीबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव र वन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडीले राजीनामा दिएका छन् । शुक्रबार पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव र सुडीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन् ।

निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिए शुक्रबार, असार २१, २०८१ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा रहेको निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको ढलान खस्दा दुई कामदार पुरिएका छन् । १० जना घाइते छन् ।

महाधिवेशन बहिष्कार गरेका प्रेम आलेले भने– 'माधव नेपालको पार्टीमा म छैन' शुक्रबार, असार २१, २०८१ नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू पार्टीमा नरहेको बताएका छन् । महाधिवेशनमा समेत उपस्थित नरहेका आलेले आफू पार्टीमा सक्रिय नरहेको जानकारी दिएका हुन् । असार १६ गतेदेखि सुरु भएको महाधिवेशन बहिष्कार गरेको बताउँदै आलेले अब त्यो पार्टीमा आफू नरहने जनाए ।

सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा शुक्रबार, असार २१, २०८१ सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय शुक्रबार, असार २१, २०८१ क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले बेगमलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो ।

पर्यटन विकास आयोजनाका इन्जिनियर बस्नेतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा शुक्रबार, असार २१, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका इन्जिनियर राजीव बस्नेतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
![यी हुन् एकीकृत समाजवादीका ९३ केन्द्रीय सदस्य [सूचीसहित]](https://newsgriha.com/uploads/posts/samajbadi-party-mahadibesan-1720171552.jpg)
यी हुन् एकीकृत समाजवादीका ९३ केन्द्रीय सदस्य [सूचीसहित] शुक्रबार, असार २१, २०८१ नेकपा एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । असार १६ गते सुरु भएको सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन मार्फत ९३ सदस्यीय केन्द्रीय कमिटी सदस्य घोषणा गरिएको हो ।२९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको सो पार्टीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने भएको छ ।...

अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वास मत लिने शुक्रबार, असार २१, २०८१ नेकपा एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने ८ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। एमालेका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भइसकेको छ। ती मन्त्रालय प्रधानमन्त्री प्रचण्डले हेर्ने गरी जिम्मेवारी तोकिएको छ। साथै एमालेले शुक्रबार सङ्घीय संसद् सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको र आफूहरू प्रतिपक्षमा बस्ने जानकारी दिएको...

राष्ट्रिय सभाबाट बजेट सर्वसम्मतिले पारित शुक्रबार, असार २१, २०८१ राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ ।अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि सङ्घीय संसद्को संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए ।

खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ शुक्रबार, असार २१, २०८१ ४६ वर्षीया आमाको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले २३ वर्षीय छोरालाई पक्राउ गरेको छ।

मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु शुक्रबार, असार २१, २०८१ मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन्। राष्ट्रियसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्बाट ४६...









