News Griha :: न्यूजगृह
मधेस सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै
मधेस सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै मधेस प्रदेशका ६ मन्त्रीले राजीनामा दिने भएका छन्।मधेस प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिन लागेका हुन्। 
निरन्तरको वर्षाले मुगु, जुम्ला र हुम्लामा चार दिनदेखि हवाईसेवा अवरुद्ध
निरन्तरको वर्षाले मुगु, जुम्ला र हुम्लामा चार दिनदेखि हवाईसेवा अवरुद्ध हवाईसेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन्। नेपालकै प्रमुख पर्यटकीय क्षेत्र रारा घुम्न आउने पर्यटक रारा विमानस्थलबाट हवाई यात्रा गर्ने गर्दछन्। यो विमानस्थलमा निजी तथा सरकारी स्वामित्वको विमानले दैनिक तीन/चार उडान भर्दै आएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाले जनाएको छ।
सडन डेथमा जित्दै क्यानाडा कोपा अमेरिकाको सेमिफाइनलमा
सडन डेथमा जित्दै क्यानाडा कोपा अमेरिकाको सेमिफाइनलमा क्यानाडाले कोपा अमेरिका २०२४ मा शनिबार भेनेजुएलालाई सडन डेथमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ।अब अन्तिम चारको भिडन्तमा उसको सामना विश्व च्याम्पियन तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाविरुद्ध हुनेछ।
भोटेकोशी जलविद्युत् आयोजनाको ढलानमा पुरिएका मजदुरको शव फेला
भोटेकोशी जलविद्युत् आयोजनाको ढलानमा पुरिएका मजदुरको शव फेला गएराति उद्धारकार्य थालिए पनि शनिबार बिहान ४ बजे दुवै मजदुर मृत भेटिएका हुन्। आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु छन्। 
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, कांग्रेस र एमालेको साथ दिने
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, कांग्रेस र एमालेको साथ दिने मधेस प्रदेशसभामा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका नौ, नेकपा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका सात तथा राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक प्रदेशसभा सदस्य छन् ।
अविरल वर्षासँगै देशका मुख्य सडक अवरुद्ध, तराईमा डुबान
अविरल वर्षासँगै देशका मुख्य सडक अवरुद्ध, तराईमा डुबान अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ। तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन्। 
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्यो, सूर्यविनायक क्षेत्र डुबानमा
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्यो, सूर्यविनायक क्षेत्र डुबानमा अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका विभिन्न स्थानमा डुबानमा परेका छन्। बाढी बस्तीमा पसेपछि सूर्यविनायक स्थित राम मन्दिर क्षेत्र, विद्यालय क्षेत्र डुबानमा परेका हुन्। 
आज यी ४९ जिल्ला बाढीको जोखिममा, उच्च सतर्कता अपनाउन आग्रह
आज यी ४९ जिल्ला बाढीको जोखिममा, उच्च सतर्कता अपनाउन आग्रह निरन्तर वर्षा भइरहेका कारण शनिबार देशभरकै खोला, नदीमा बाढीले क्षति पुर्‍याउने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आम नागरिकलाई सुझाव दिएको छ।
तिनाउ नदीमा बढ्यो पानीको सतह, नदी छेउछाउका बस्तीहरू जोखिममा
तिनाउ नदीमा बढ्यो पानीको सतह, नदी छेउछाउका बस्तीहरू जोखिममा केही दिनदेखि परेको अविरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपानिका—११ बुद्धनगरस्थित तिनाउ नदीमा पानीको सतह बढेको छ। 
रौतहटबाट ठूलो मात्रामा भारतीय कुखुराको चल्ला बरामद
रौतहटबाट ठूलो मात्रामा भारतीय कुखुराको चल्ला बरामद सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वार्टर रौतहटबाट गएको टोलीले परोहा नगरपालिका— ८ कबीर चोकबाट भारतीय बजारबाट ल्याइएको एक लाख ७० हजार मूल्य बराबरको १ हजार ७ सय थान कुखुराको चल्ला बरामद गरेको हो ।
हेटौंडा-काठमाडौं जोड्ने तीनवटै सडक पहिरोले अवरुद्ध
हेटौंडा-काठमाडौं जोड्ने तीनवटै सडक पहिरोले अवरुद्ध ललितपुर क्षेत्रमा गएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ। यस्तै मातातीर्थ हुँदै हेटौँडा जाने सडक पनि अवरुद्ध बनेको छ। महालक्ष्मी पुल भन्दा अलि पर पहिरो गएर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
काठमाडौंका यी स्थानमा आज ३ घण्टा विद्युत अवरूद्ध हुने
काठमाडौंका यी स्थानमा आज ३ घण्टा विद्युत अवरूद्ध हुने विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुने भएको हो।
Weather Update