सडन डेथमा जित्दै क्यानाडा कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं— क्यानाडाले कोपा अमेरिका २०२४ मा शनिबार भेनेजुएलालाई सडन डेथमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ।
अब अन्तिम चारको भिडन्तमा उसको सामना विश्व च्याम्पियन तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाविरुद्ध हुनेछ।
टाइब्रेकरमा क्यानाडा ४–३ ले विजयी रह्यो। भेनेजुएलाका लागि छैटौँ पेनाल्टी प्रहारमा विल्कर एन्जेल चुकेपछि इस्माएल कोनेल क्यानाडाका तर्फबाट निर्णायक गोल गरे।
निर्धारित समयको खेल १–१ को बराबरीमा रहेपछि प्रतिस्पर्धा सिधै टाइब्रेकरमा गएको हो।
क्यानाडाले १४ औं मिनेटमा ज्याकोब साफेलबर्गको गोलले अग्रता लिएको थियो। भेनेजुएला दोस्रो हाफमा खेलमा फर्कन सफल रह्यो र उसका लागि सालोमन रोन्डोनले ६५ औं मिनेटमा बराबरी गोल फर्काए।
प्रकाशित मिति: शनिबार, असार २२, २०८१ ११:५६