काठमाडौं— अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका विभिन्न स्थानमा डुबानमा परेका छन्।
बाढी बस्तीमा पसेपछि सूर्यविनायक स्थित राम मन्दिर क्षेत्र, विद्यालय क्षेत्र डुबानमा परेका हुन्।
काठमाडौं उपत्यकामा २४ घण्टादेखि वर्ष भइरहेको छ। वर्षसँगै खोलाहरूमा बाढी आएको छ।
प्रहरीको पट्रोलिङ
अविरल वर्षाका कारण काठमाडौंउपत्यकाको नदीहरूमा पानीको सतह बढेको छ। पानीको सतह बढेपछि सम्भावित जोखिमलाई मध्यनजर राखेर प्रहरीले खोला किनारमा पट्रोलिङ गरिरहेको छ।
काठमाडौंको बागमती, विष्णुमती र मनोहरा खोलामा नियमित गस्ती पट्रोलिङ भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेश मैनालीले बताए।
दुर्घटना भएमा उद्धारका लागी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको एसएसपी मैनालीले जानकारी दिए।गएरातिदेखि सुरु भएको अविरल वर्षासँगै आएको बाढीका कारण उपत्यकामा कुनै अप्रिय घटना भएको छैन।