News Griha :: न्यूजगृह
मजदुरीका लागि भारतको मेघालय पुगेका ४ नेपालीको वीभत्स हत्या
मजदुरीका लागि भारतको मेघालय पुगेका ४ नेपालीको वीभत्स हत्या मेघालयको कोइलाखानीमा काम गर्ने गएका उनीहरुको हत्या भएको र मृतकको हातखुट्टा समेत बाँधिएको अवस्थामा शव भेला परेको समाचारमा उल्लेख छ। भारतीय प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन।
हेटौँडामा २५ घर डुबानमा
हेटौँडामा २५ घर डुबानमा आज बिहानदेखि परेको अविरल वर्षाका कारण हेटौँडा उपमहानगरपालिका–५ का विभिन्न स्थानमा करिब २५ घर डुबानमा परेका छन्।
बाँकेको राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
बाँकेको राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो बाँकेको राप्ती नदीले खतराको तह पार गरेको छ। आज अपरान्ह ४:३० बजेको रेकर्डअनुसार पानीको सतह सात दशमलव ८२ मिटर पुगेको छ। लगातारको वर्षापछि राप्ती नदीमा बाढी आएको हो।
कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि सेतीबेनी र शालिग्राम शिला डुबानमा, पुजारी तथा पण्डित विस्थापित
कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि सेतीबेनी र शालिग्राम शिला डुबानमा, पुजारी तथा पण्डित विस्थापित केही दिनदेखिको अविरल वर्षाका कारण विश्वको ठूलो शालिग्राम शिला र नजिकै रहेको सेतीबेनी बजार डुबानमा परेको छ। सेतीखोलामा आएको बाढीले सेतीबेनी बजारस्थित सिंहप्रसाद ह्याइजुको घर भत्किएको छ भने बजारमा बाढी पस्न थालेपछी जनजीवन प्रभावित भएको हो।
गुल्मीमा पहिरोमा पुरिएकी महिलाको सकुशल उद्धार
गुल्मीमा पहिरोमा पुरिएकी महिलाको सकुशल उद्धार घर माथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र -३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए।
काभ्रेमा भ्याकुरे खोलाले बगाएर २ जनाको मृत्यु
काभ्रेमा भ्याकुरे खोलाले बगाएर २ जनाको मृत्यु मृत्यु हुनेमा रोशी—११ भीमखोरीकी ६५ वर्षीया जलमाया रुचाल मगर र ५ वर्षकी सेतीमाया रुचाल मगर छन्। उनीहरु फुपू भदैनी हुन्।
नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजका ३९ ढोका खोलियो, सतर्क रहन सुरक्षा निकायको आग्रह
नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजका ३९ ढोका खोलियो, सतर्क रहन सुरक्षा निकायको आग्रह आज साँझ पानी बहाव मापन गर्दा कोशी ब्यारेज भएर तीन लाख तीन हजार आठ सय ६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। अहिले ब्यारेजका ३९ ढोका खोलिएका छन्। 
नारायणी नदीले खतराको तह पार गर्‍यो
नारायणी नदीले खतराको तह पार गर्‍यो नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार शनिबार साँझ ७ः३३ बजे नदीमा पानीको सतह १० दशमलव ४० मिटर पुगेको छ।
नारायणीको बाढी बस्तीमा पस्यो, चार सयजनालाई सुरक्षित स्थानमा सारियो
नारायणीको बाढी बस्तीमा पस्यो, चार सयजनालाई सुरक्षित स्थानमा सारियो नारायणी नदीको बाढी बस्तीमा पसेको छ। अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ को बस्तीमा पसेको हो।
आइतबार बोलाइएको रास्वपा संसदीय दलको बैठक स्थगित
आइतबार बोलाइएको रास्वपा संसदीय दलको बैठक स्थगित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबारका लागि बोलाएको संसदीय दलको बैठक स्थगित गरेको छ।आइतबार बिहान साढे ९ बजे पार्टी संसदीय दलको कार्यालयमा बस्नेगरी तय भएको बैठक विशेष कारण स्थगित गरिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
पहिरोको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन
पहिरोको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
बागमती नदीमा फसेका ३ जनाको सकुशल उद्धार, ५६ जनालाई सुरक्षित स्थानमा सारियो
बागमती नदीमा फसेका ३ जनाको सकुशल उद्धार, ५६ जनालाई सुरक्षित स्थानमा सारियो बागमती नदीमा फसेका ३ जनाको सकुशल उद्धार गरिएको छ। शनिबार अपरान्ह काठमाडौंको कीर्तिपुर नगरपालिका—१० ल्याबरेटोरी स्कुल नजिकै बागमती नदीमा फसेका ३ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्धार गरेको हो।
Weather Update