तस्बिरमा बाढीपहिरोको वितण्डा शनिबार, असार २२, २०८१

नारायणी नदीको जलसतह खतराको बिन्दुमाथि शनिबार, असार २२, २०८१ एक लाख हाराहारीलाई सतर्क रहन सन्देश पठाइएको पोखरेलले जानकारी दिए । 'निरन्तर वर्षा भइरहेको छ। नदीको जलसतहले दिउँसै खतराको तह पार गरिसकेको छ। त्यसकारण नदी आसपासका नागरिकलाई सतर्क रहन आग्रह गर्दछौँ,' पोखरेलले भने।

बाढीका कारण विद्युत् उत्पादनमा समस्या शनिबार, असार २२, २०८१ नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झण्डै पाँच सय ३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत्गृह बन्द भएका छन्। निजी क्षेत्रका आयोजनासमेत जोड्दा झण्डै छ सय ४० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत्गृह बन्द भएका छन्।

बाढीपहिरोबाट शनिबार ३ जनाको मृत्यु, कहाँ के भयाे? शनिबार, असार २२, २०८१ शनिबार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट ३ जनाको मृत्यु भएको छ।

रास्वपाले बोलायो संसदीय दलको बैठक शनिबार, असार २२, २०८१ रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसद्को बाँकी कामकारबाहीका विषयमा छलफल केन्द्रित सचेतक निशा डाँगीले जानकारी दिइन्।

मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाइयो शनिबार, असार २२, २०८१ भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलामा बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ।
-1716875199.jpg)
कांग्रेस संसदीय दल बैठकले गर्यो यी चार निर्णय शनिबार, असार २२, २०८१ नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ। शनिबार दिउँसो संघीय संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले एमालेसँग राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमतिलाई स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

मधेस प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत शनिबार, असार २२, २०८१ मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गरेका छन्। उनले ६७ मत पाए। विपक्षमा ३४ मत खसेको थियो। प्रदेशसभामा उपस्थित एक सय एक जना सदस्यले मतदान गरेका थिए।

निरन्तरको वर्षापछि काठमाडौं अस्तव्यस्त शनिबार, असार २२, २०८१ निरन्तरको वर्षातका कारण काठमाडौं उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभाव परेको छ। बल्खुस्थित तरकारी बजार जाने बाटो र पार्किङ क्षेत्रमा खोलाको पानी पसेका कारण आवागमन रोकिएको छ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र शेखर कोइरालाबीच एक घण्टा भेटवार्ता शनिबार, असार २२, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई भेटेका छन्। शनिबार बिहान उनीहरूबीच बालुवाटारमा झण्डै एक घण्टा भेटवार्ता भएको हो। नेता कोइराला निकट स्रोतका अनुसार, बिहान साढे सात बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता सुरु भएको थियो।

काठमाडौं उपत्यकाका नदीमा बहाव बढेपछि करिडोरमा प्रहरी गस्ती शनिबार, असार २२, २०८१ अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्कतामा छन्।काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए।

बाढीका कारण अवरुद्ध बीपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालन शनिबार, असार २२, २०८१ बाढीका कारण अवरुद्ध भएको बीपी र अरनिको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएका छन्। निरन्तर वर्षाका कारण सडक माथिबाट लेदोसहित आएको बाढीका कारण आज बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएकामा प्रहरी र स्थानीय जनप्रतिनिधिको पहलमा एकतर्फी सञ्चालनमा आएका हुन्।

बालकोटस्थित ओली निवासमा खटिएका सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको मृत्यु, अनुसन्धान गर्दै प्रहरी शनिबार, असार २२, २०८१ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजन कार्कीका अनुसार बालकोटस्थित ओली निवासमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर ४३ वर्षीय उमेश थापाको गएराति मृत्यु भएको हो।


-1720272830.jpg)






