News Griha :: न्यूजगृह
निरन्तरको वर्षापछि काठमाडौं अस्तव्यस्त
जमेको पानीले सर्वसाधारण तथा सवारीसाधनलाई सास्ती

काठमाडौं—  निरन्तरको वर्षातका कारण काठमाडौं उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभाव परेको छ।

बल्खुस्थित तरकारी बजार जाने बाटो र पार्किङ क्षेत्रमा खोलाको पानी पसेका कारण आवागमन रोकिएको छ। 

यस्तै कुपण्डोल पुल मुनीको करिडोर, टङ्केश्वर र टेकु क्षेत्रमा रहेका करिडोरमा पनि खोलाको पानी सडकमै आएका कारण सवारी आवागमन प्रभावित भएको छ। 

bagmati-kathmandu-badhi-1720267074.jpg
बागमती नदीमा आएको बाढी

शङ्खमूल, यूएन पुल, रोजबड स्कुल नजिक, सानेपा कालोपुलको तल्लो बाटो र च्यासल क्षेत्रमा  रहेका करिडोरमा पनि विष्णुमती नदीको वहाव बढेर पानी सडकमै आएका कारण सवारी आवतजावतमा आशिंक प्रभाव परेको छ। 

यस्तै धापाखेल स्थित सुमेरु अस्पताल नजिकै पनि वर्षातको पानी जमेका कारण सवारी आवागमनमा आशिंक प्रभाव परेको छ। 

koteshwor-traffice--1720267071.jpg
कोटेश्वरमा शनिबार झरीका बावजुद आफ्नो सेवा प्रवाह गर्दै ट्राफिक प्रहरी ।

काठमाडाैं उपत्यकाका विभिन्न करिडोर हुँदै यात्रा गर्दा सचेत भएर यात्रा गर्न सडक प्रयोगकर्तालाई  ट्राफिक प्रहरीले अनुरोध गरेको छ। 

यस्तै वर्षातले भिजेको सडकमा चिप्लिएर सवारी दुर्घटना हुनसक्ने सम्भावना रहेकाले संयमित भएर सीमित गतिमा सवारी साधन गुडाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको ।

raining-1720267067.jpg
बागमती नदीमा जलसतह हेर्दै सर्वसाधारण
bishnumati-1-1720267067.png
विष्णुमती नदीमा जल सहत बढ्दै

sadak-duban-1720267067.jpg
duban-kathmandu-1720267066.jpg

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १५:४७
Weather Update