पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध शनिबार, असार २२, २०८१

यी ५ कारणले बेलायतमा कन्जर्भेटिभ पार्टीले निर्वाचनमा लज्जास्पद हार बेहाेर्याे शनिबार, असार २२, २०८१ कन्जर्भेटिभको यो हारपछि अब हारका कारण बारे विश्लेषण हुन थालेको छ। कन्जर्भेटिभ पार्टीको प्रमुख कारण पार्टीभित्रको कलह नै रहेको बताइएको छ। चुनावअघि नै सरकारमा राजीनामाको लहर चलेको थियो। चुनावअघि ३ मन्त्री र ७८ सांसदले राजीनामा दिएर चुनाव लड्न अस्वीकार गरेका थिए।

पहिरोले बीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध शनिबार, असार २२, २०८१ अविरल वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका—२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो।

कांग्रेस संसदीय दलको बैठक बस्दै शनिबार, असार २२, २०८१ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ। बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ। यही असार १७ गते एमालेसँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

पछिल्लो २४ घण्टादेखि काठमाडौं उपत्यकामा वर्षा जारी, कहाँ कति पर्यो पानी? शनिबार, असार २२, २०८१ देशभरका विभिन्न स्थानसँगै काठमाडौं उपत्यकामा पनि वर्षा जारी छ।

काठमाडौं उपत्यकामा भारी वर्षा, ललितपुरमा बाढीको चेतावनी शनिबार, असार २२, २०८१ थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

एमालेले बोलायो संसदीय दलको बैठक शनिबार, असार २२, २०८१ प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले बताए। बैठकमा सांसदलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ।

महोत्तरीबाट ११ वर्षीया बालिका एकसातादेखि बेपत्ता, अपहरणको आशङ्का शनिबार, असार २२, २०८१ महोत्तरीको गौशाला नगरपालिकामा ११ वर्षीया बालिका ८ दिनदेखि बेपत्ता छिन । गत बिहीबार गौशाला बजारमा किनमेल गर्न गएको वेला कृति कुमारी महतो बेपत्ता भएकी हुन ।

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली शनिबार, असार २२, २०८१ ललितपुरको च्याँसलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार पार्टीका केन्द्रीय विभागका प्रमुख तथा सचिवहरूको बैठकमा ओलीले आफ्नो नेतृत्वमा अब गठन हुने सरकार देशका समस्या समाधान गर्दै जनतामा आशा जगाउने काममा केन्द्रित हुने बताए ।

पेनाल्टी सुटआउटमा पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा शनिबार, असार २२, २०८१ शनिबार बिहान भल्क्सपार्क स्टाडियोनमा भएको खेलमा फ्रान्सले टाइब्रेकरमा ५–३ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो । पेनाल्टीमा फ्रान्सबाट प्रहारका लागि आएका पाँचजना खेलाडी नै गोल गर्न सफल बने । फ्रान्सका ओस्मान डेम्बेले, युसुफ फोफाना, जुलेस काउन्डे, ब्राड्ली बार्कोला र थियो हर्नान्डेजले गोल गरे ।

आज सातवटै प्रदेशमा वर्षा हुने, पाँचवटामा अति भारी वर्षाको सम्भावना शनिबार, असार २२, २०८१ जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर साधारणदेखि पूर्णतया बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा शनिबार, असार २२, २०८१ मिकेल मेरिनोले अतिरिक्त समयमाको अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले अन्तिम चारको यात्रा तय गरेको हो । मुख्य प्रतियोगितामा ३६ वर्षपछि स्पेनलाई हराउने जर्मनीको लक्ष्य यस पटक पूरा हुन सकेन ।

काठमाडौं प्रहरी परिसर स्थानान्तरण, अब भद्रकालीको नयाँ भवनबाट सेवा दिइने शुक्रबार, असार २१, २०८१ २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प पश्चात हनुमानढोकाबाट टेकुस्थित तत्काल नेशनल ट्रेडिङ लिमिटेड (हाल नेपाल आयल निगमको) केन्द्रीय कार्यालयको परिसरमा स्थानान्तरण भई कार्यालयको दैनिक काम कार्य गर्दै आइरहेको थियो।









