News Griha :: न्यूजगृह
गुल्मीको रिडी–पूर्तिघाट सडक अवरुद्ध
गुल्मीको रिडी–पूर्तिघाट सडक अवरुद्ध गएराति वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । कालीगण्डकी गाउँपालिकाको भुर्तुङ र वडा नं ३ को मुल्कामा गएराति सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले जानकारी दिए । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न समस्या भइरहेको...
सहकारी छानबिन समितिले गर्‍यो गृहसचिव र प्रहरी प्रमुखसँग सोधपुछ
सहकारी छानबिन समितिले गर्‍यो गृहसचिव र प्रहरी प्रमुखसँग सोधपुछ सहकारी छानबिन विशेष समितिले गृहसचिव एकनारायण अर्याल र आईजीपी वसन्तबहादुर कुँवरसँग सोधपुछ गरेको छ। समितिको शुक्रबार बसेको बैठकमा सहकारी प्रकरणका ठगी, उजुरी र यससँग सम्बन्धित विषयमा दुवैसँग सोधपुछ भएको हो।बिहीबारमात्रै समितिले यी दुवैसँग सोधपुछ गर्ने निर्णय गरेको थियो।
सुन गाल्ने मेसिन र ५० लाख नगदसहित ललितपुरबाट तीन भारतीयसहित ५ जना पक्राउ 
सुन गाल्ने मेसिन र ५० लाख नगदसहित ललितपुरबाट तीन भारतीयसहित ५ जना पक्राउ  लितपुर प्रहरीले शंकास्पद करोबारमा संलग्न रहेको आशंकामा तीन भारतीयसहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट  ५० लाख नगद र सुन गाल्ने मेसिन समेत बरामद गरेको छ ।बिहीबार दिउँसो ३ बजे ललितपुर महानगरपालिका–१४ मा रहेको एक निर्माणाधीन घरको तेस्रो तलामा अवैध शंकास्पद कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी...
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सङ्घीय संसद् सचिवालयलाई गराएको छ।पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सङ्घीय संसद् महासचिवलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ।  
राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन: शशाङ्क कोइराला
राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन: शशाङ्क कोइराला विकेन्द्रीकरणका माध्यमबाट मात्र चौतर्फी विकास सम्भव हुने भएकाले सबै राजनीतिक दलले यो वास्तविकतालाई मनन गरी तदनुरूप गर्नुपर्नेमा उनले जोड दिए । एक प्रश्नको जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने विश्वास नेता कोइरालाले व्यक्त गरे। 
माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दाको निर्णय साउन २३ मा आउने
माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दाको निर्णय साउन २३ मा आउने नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध रिटमा आगामी साउन २३ गते निर्णय सुनाइने भएको छ।उक्त रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएर निर्णय सुनाउने मिति तय भएको थियो। यसअघि असर १२ गते निर्णय सुनाउनका लागि मिति तय भएर पनि स्थगित भएको थियो।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह...
राष्ट्रिय सभा बैठक [लाइभ]
राष्ट्रिय सभा बैठक [लाइभ]
निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती 
निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती  चितवन राष्ट्रिय निकुञ्जमा वन र वन्यजन्तु संरक्षणका निम्ति पर्याप्त बजेट विनियोजन नहुँदा चुनौती थपिएको छ। दुर्लभ वन्यजन्तु संरक्षण कठिन बन्दै गएको छ भने निकुञ्ज र जनताबीचको द्वन्द्व बढ्ने जोखिम पनि बढेको छ। निकुञ्जमा संरक्षण गर्नुपर्ने गोही, बाघ, घाइते गैँडालगायत वन्यजन्तुको पालनपोषणमा कम बजेट विनियोजन गरिएपछि समस्या देखिएको हो। निकुञ्जका प्रमुख...
समर्थन फिर्तासहित बागमती सरकारबाट बाहिरिँदै एमाले
समर्थन फिर्तासहित बागमती सरकारबाट बाहिरिँदै एमाले नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमतीमा एमालेले समर्थन फिर्ता लिन लागेको संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।
एआईजीमा सिफारिस पोखरेल डीआईजीमै अवकाश
एआईजीमा सिफारिस पोखरेल डीआईजीमै अवकाश प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका पोषराज पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) मै अवकाशमा गएका छन्। उनी शुक्रबार राति १२ बजेबाट अवकाशमा जाँदै छन्।
हार स्वीकार गर्दै ऋषि सुनकले भने– बेलायतका जनताले सम्मानजनक निर्णय गरे
हार स्वीकार गर्दै ऋषि सुनकले भने– बेलायतका जनताले सम्मानजनक निर्णय गरे उनले लेबर पार्टीका नेता किअर स्टार्मरलाई विजयको लागि बधाई दिएका छन्। उनले भने, ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन्। यसबाट धेरै कुरा सिक्न आवश्यक छ। हारको जिम्मेवारी लिन्छु। ऋषि सुनकले योर्कशायरको रिचमण्ड सिटबाट भने जितेका छन्। सिट जितेपछि उनले आफ्नो मन्तव्यमा भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ। मैले किअर स्टार्मरलाई...
सुनसरीमा आँप उत्पादन घट्यो
सुनसरीमा आँप उत्पादन घट्यो जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ।हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए।
Weather Update