News Griha :: न्यूजगृह
हार स्वीकार गर्दै ऋषि सुनकले भने– बेलायतका जनताले सम्मानजनक निर्णय गरे

काठमाडौं— बेलायतका प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गरेका छन्। 

उनले लेबर पार्टीका नेता किअर स्टार्मरलाई विजयको लागि बधाई दिएका छन्। उनले भने, ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन्। यसबाट धेरै कुरा सिक्न आवश्यक छ। हारको जिम्मेवारी लिन्छु। ऋषि सुनकले योर्कशायरको रिचमण्ड सिटबाट भने जितेका छन्। सिट जितेपछि उनले आफ्नो मन्तव्यमा भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ। मैले किअर स्टार्मरलाई उनको जितमा बधाई दिएँ।' 

सन् २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले ६५० सिट भएको संसद्मा ३६४ सिट जित्यो र बोरिस जोनसन प्रधानमन्त्री बने। अघिल्लो पटकको तुलनामा ४७ सिट बढेको थियो। तर यसपटक अवस्था बिल्कुल उल्टो छ।  बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ।

अहिलेसम्म परिणाम अनुसार लेबर पार्टीले ४१० सिट जितिसकेको छ। त्यस्तै कन्जरभेटिभले अहिलेसम्म ११४ सिटमा जित हासिल गरेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ११:५३
समसामयिक
Weather Update